0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले प्रकाशित गरेको टेवल क्यालेण्डरको विमोचन  लायन्स मल्टिपल काउन्सिल नेपालका पाष्ट चियर पर्सन  दिपक श्रेष्ठले गरे । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले देशमा आइपरेको महावित्तिको समयमा विभिन्न राहत तथा उद्धारका साथै क्लवले  आफ्नो नियमित टेवल क्यालेण्डरको प्रकाशन गरी आपूmलाई परिपक्त र स्थापित क्लवका रुपमा स्थापित गरेको बताए । उनले दूरदृष्टिका साथ समाजसेवामा लाग्ने उदेस्यले खोलिने क्लबहरुले समाज सेवाका लागि आपूmलाई उत्कृष्ट रुममा प्रस्तुत गर्न सक्ने बताउँदै नेपालका लायन्स क्लवहरुले आम विनासकारी महा भूकम्पका कारण ठूलो मात्रमा धन जनको क्षति पु¥याएका विकट् गाउँ वस्तिहरुमा पुगेर राहत र उद्धार कार्यका लागि खेलेको भूमिकाको सह्राना गरे । पास्ट मल्टीपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठले नेपालमा आएको अकल्पनीय महाभूकम्प पीडित हरुको उद्धार र राहतकार्यमा नेपालका लायन्स क्लवहरुले उत्कृष्ट कार्य गरेको बताए । कार्यक्रममा क्लवका रिजन चियर पर्सन उत्तममान वुद्धाचार्य, जोन चियर पर्सन एवं संस्थापक अध्यक्ष वलाराम वडाल, क्यालेण्डर प्रकाशन समितिका संयोजक दिपक राज घिमिरे र क्षेत्रबहादुर क्षत्री लगायतले वोलेका थिए । क्लवका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव नगेन्द्र पोखरेलले गरेका थिए ।

Post a Comment

 
Top