0
पोखराको चिप्लेढुङ्गमा प्रधान कार्यालय रहेको विश्व विकास बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष जगनवहादुर गुरुङ्गको अध्यक्षता सम्पन्न साधारणसभाले बैंकलाई फेवा फाइनान्स लिमिटेडसंग गाभ्ने सम्बन्धी विशेष प्रस्तावलाई पारित गरेकोे छ । २०६४ मंसिर ५ गतेदेखि सञ्चालनमा आएको विश्व विकास बैंक लिमिटेड र २०६० साल बैशाख १७ गते देखि संचालनमा आएको फेवा फाइनान्स लिमिटेडबीच मर्ज हुने सम्झौता यसअघि नै भैसकेको थियो । यी दुवै संस्था मर्ज पछि राष्ट्रिय स्तरको विकास बैंक हुनेछ । मर्ज पश्चात बन्ने बैंकको कुल चुक्ता पूँजी रु. ८१ करोड  ६२ लाख १५ हजार हुनेछ भने निक्षेप तथा कर्जा क्रमशः करिब रु. ९ अर्ब र रु. ८ अर्ब हुने जनाईएको छ । साथै कुल ३० वटा शाखा र कुल १६ वटा एटीएमबाट सेवा प्रदान गर्न सकिने पनि बताईएको छ । उक्त सभामा मर्जर पश्चात हुने सञ्चालक समितिको अध्यक्षमा विश्व विकास बैंक लिमिटेडका वर्तमान अध्यक्ष जगन बहादुर गुरुङ्ग र कार्यकारी  प्रमुखमा फेवा फाइनान्स लिमिटेडका वर्तमान प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा रहने कुरा जानकारी गराइयो । सभामा विभिन्न शेयरधनीहरुले सफलताको शुभकामना दिएका थिए ।

Post a Comment

 
Top