0
गोल्डेन न्यूज संवाददाता
गत बैशाख १२ र २९ गते आएको विनासकारी भूकम्पमा परि कास्कीको देउराली गाविस बडा नं ७ को रामादीका घरबार विहीन भएका भूकम्प पीडित परिवारलाइ  पोखरा–६, बैदामको नेपा नेवाःनिसा आमा समूहले जस्तापाता सहयोग गरेको छ । आमा समूहको सक्रियतामा संकलन गरिएको रहात रकमबाट ७२ थान जस्ता पाता खरिद गरि पूर्णरुपमा क्षति भएका ११ घर परिवारलाई सामूहिक रुपमा वितरण गरिएको हो । नेवाःनिसा आमा समूह बैदाम ठाडो पसलकी अध्यक्ष धनकुमारी श्रेष्ठ, सचिव ईन्द्र श्रेष्ठ र कार्यक्रम संयोजक अमृता श्रेष्ठले देउराली गाविस रामादीको सत्य तमु आमा समुहकी अध्यक्ष मंगली गुरुङ र बडा  नागरिक मञ्चका संयोजक हरिशचन्द्र पौडेललाई सामूहिक रुपमा ७२ पाता टिन वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी तथा होटल व्यवसायी तिलक बहादुर अधिकारी र नेवाः खल बैदामका अध्यक्ष श्रीधर श्रेष्ठ, स्थानीयवासी टेक बहादुर गुरुङ र बयोबृद्ध पद्मबहादुर अधिकारीले एक नेपालीलाई दुःख पर्दा आर्को नेपालीले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । सहयोग सामाग्री प्रात्त गरेपछि स्थानीय बासीहरुले खुसी ब्यक्त गर्दै सरकारको आखा नपुगेको ठाउँमा आमा समूहले आएर सहयोग गरेकोमा धन्यबाद दिएका थिए । यसैगरी भूकम्प पीडित नेपालीलाई सहयोग गर्न बेलायत बाट नेपाल आएका विजय गुरुङले २५ हजार पाँच सय ५५ रुपैयाँ नगद सहयोग गरेका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखाको कार्यालयमा पुगेका गुरुङले अध्यक्ष रामकृष्ण ज्ञवालीलाई सो रकम हस्तान्तरण गरे । “महाभुकम्पबाट पत्रकार पनि ठुलै संख्यामा पीडामा छन्, सिड मनीका रुपमा यो रकम प्रदान गरेको हुँ ।’ गुरुङले भने । नेपाल पत्रकार महासंघ कास्की शाखाका अनुसार महाभूकम्प बाट कास्कीमा कार्यरत करिब ४० पत्रकार पीडित भएका छन् भने देशभरमा करिब ६ सय पत्रकार पीडामा छन् । उनीहरुको सहयोगार्थ नेपाल पत्रकार महासंघ केन्द्रले राहत कोषको स्थापना गरेको छ । यसैगरी काठमाडांैको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले भूकम्प पीडितहरुका लागि स्थापित राहत कोषमा जम्मा भएको रकम हस्तान्तरण गरेको छ ।  यही बैशाख १२ गते आएको बिनासकारी महाभूकम्पले गर्दा देशको बिभिन्न ठाँउहरुमा भएको धनजनको क्षति तथा हजारौं मानिसहरु घरवार बिहीन भएको भन्दै विकास बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एभिन्यूज टेलिभिजनको संयुक्त सहकार्यमा आपत्कालीन राहतकोष खडा गरेको थियो । बैंकको तर्फबाट १२ लाख, संचालक समितिको तर्फबाट ३१ हजार २५, बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्पmबाट १ लाख ६३ हजार ६३४ गरी कूल रकम १३ लाख ९४ हजार ६५९ रुपैयाँ तथा विभिन्न व्यक्ति तथा संघसंस्थाबाट जम्मा हुन आएको रकम ७ लाख ९० हजार ७०२ गरि २१ लाख ८५ हजार ३६२ रुपैयाँ बैंकका अध्यक्ष सुरेन्द्र बहादुर भारीजु तथा एभिन्यूज टेलिभिजनका प्रतिनिधि निर्जल श्रेष्ठले एक कार्यक्रमका बीच प्रधानमन्त्री सुशिल कोईराला मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिए । यसैगरी कास्कीको लेखनाथ नगरपालिकाको वडा नं १४ र १५ डाँडागाउँका भूकम्प प्रभावितहरुको लागि सद्गुरुदेव राहुलेश्वरानन्द जीले शुक्रवार राहत वितरण गरेका छन् ।  शिवशक्ति राउलेश्वरानन्द फाउण्डेशन नेपाल तथा पद्यम श्री सिद्धयोग पिठका संस्थापक समेत रहेका उनले नेपालमा गएको वैशाख १२ र २९ गतेको भुकम्पमा परि प्रभावित वनेका डाँडा गाउँका ५३  परिवारलाई प्रतिपरिवार २० केजी चामल, १० केजी आलु, १ लिटर तेल, ५ केजी दाल वितरण गरेका थिए । नेपालमा परेको विपत्तिमा प्रभावितलाई सहयोग गर्न गुरुदेव भारतको बम्वईवाट राहत सामाग्री लिएर आएका थिए । राहत वितरणमा उनले विपदको क्षणमा सवैको सानो सहयोगले पिडीतलाई सहयोग पुग्ने बताए । राहत वितरणमा स्थानिय गुरु ऋषिराम पौडेलले समन्वय गरेका थिए । गुरुदेव राहुलेश्वरको टिमले नेपालका भुकम्प प्रभावित गोर्खा, स्याङजा, धादिङ्ग लगायतका जिल्लाहरुमा समेत पुगेर राहत सामाग्री वितरण गर्ने वताईएको छ ।

Post a Comment

 
Top