तमु धिं नेपालले स्थापना गरेको भुकम्प पीडितको उद्धार, राहत संकलन तथा वितरण र पुनः स्थापना केन्द्रले पीडितहरुको पीडा बिर्साउन पहल गरिरहेको छ । अधिकांश गोर्खाको लाप्राक गाँउको पीडितहरु रहेको केन्द्रलाई पारिवारिक वातावरण बनाउदै पीडा न्युनिकरण गर्न आफूहरु जुटेको तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिए । केन्द्रमा रहेका पीडितहरुका लागि आवश्यक व्यवस्थापनका लागि सोंपाल तमु समाजका अध्यक्ष क्या.धनबहादुर गुरुङको संयोजकत्व मा क्षेत्रीय अध्यक्ष एवं प्रतिनीधिहरु रहेको व्यवस्थापन समिति, मिरुवा तमु समाजका कविता गुरुङको संयोजकत्वमा स्वयंसेवक समिति, तमुधिं नेपाल आमा समितिका अध्यक्ष हरिमाया गुरुङको संयोजकत्वमा खाना खाजा समिति जुटेको छ भने तमु धिं नेपालको कार्यसमिति पीडितका लागि आवाश्यक सेवा सुविधा, मनोरञ्जन, खेलकुद, परामर्श र प्रोत्साहनमा जुटेको छ । यसैक्रममा पुरानो गाँउ घान्द्रुक भई हाल युकेमा बसोवास गरिरहेका समाजसेवी लछिम गुरुङले युकेबाटै पीडितलाई आर्थिक राहत प्रदान गरेका छन् । उनले पठाएको रकम पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा रहेको महाभूकम्प पीडित उद्धार, राहात तथा पुनःस्थापना केन्द्र र बौद्ध अर्घौ सदनमा रहेका पीडितलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमु, डा. दीर्घमान गुरुङ र विन्ती गुरुङले वितरण गरे । उनीहरुले तमु धिं नेपालको राहत तथा पुर्नस्थापना केन्द्रमा रहेका ८४ र बौद्ध अर्घौं सदनमा रहेका १९ जनालाई जनही एक हजार पाँच सय रुपैयाँको दरले राहत रकम वितरण गरेका थिए । यसरी नै तमु धिं नेपालमा रहेका पीडितका लागि पोखरा–९ स्थित दीपज्योति टोल तमु समाजले बुधवारको खाजा र खानाको व्यवस्था गरेको थियो भने महाभूकम्पबाट दिवंगतहरुप्रति चिरशान्तिका साथै श्रद्धाञ्जली र घाइतेहरुका सीघ्र स्वास्थ्य लाभको कामना गर्दै मोन्लम पाठ गरिएको थियो । तमु धिंमा रहेका पीडितहरुको परामर्शको क्रममा संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं तमुवान इञ्चार्ज गणेशमान गुरुङले महाभूकम्पको केन्द्र विन्दु रहेको गोर्खाको बारपाक, लाप्राक गाँउमा श्रम शिविरका लागि बिहीवार जाने बताए । इञ्चार्ज गुरुङकै नेतृत्वमा १२ दिने श्रम शिविरका लागि कास्कीबाट ५० युवा प्रस्थान गर्ने जानकारी दिए । टोलीेले उक्त गाँउमा पुगी राहत वितरणलाई सघाउने, भत्केका घरबाट पुरिएका सरसामान निकाल्ने, पुर्नस्थापनाका लागि सघाउने, पीडितहरुको सहयोगी बन्नका लागि आफुहरु महाभूकम्पको केन्द्र रहेको बारपाक जान लागेको भन्दै सुझावका लागि आग्रह गरे । तमु धिं नेपालले स्थापना गरेको महाभूकम्प पीडितको उद्धार, राहत संकलन वितरण तथा पुनःस्थापना केन्द्रमा पाँच दिन पछि क्षेत्रीय प्रसासक दिनेशकुमार थपलियाले पश्चिम क्षेत्रीय प्रहरी प्रमुखहरु सहित अवलोकन गरे । उनले पीडितको उद्धार, राहत र पुर्नस्थापनाका लागि सरकार जुटिरहेको र नागरिक समाजले पनि उदाहरणीय पहल गरिरहेको बताए । यसरी नै केन्द्रमा रहेका पीडितहरुका लागि विभिन्न संघ संस्था र व्यक्तिहरुले राहत प्रदान गर्ने क्रम निरन्तर रह्यो । याङ्जाकोटका क्रोम्छे चेली बेटीहरुले केन्द्रका ७८ जनालाई जनही पाँच पाँच सय राहत वितरण गरे पनि पुष्पा गुरुङ, कृपा गुरुङ लगायत विभिन्न सहयोगी हरुले पीडितलाई राहत प्रदान गरे । हालसम्म तमु धिं नेपालमा रहेको पुर्नस्थापना केन्द्र १३७ जना र ४३ जना आफन्तको जिम्मामा फर्केका छन् । हाल ८४ जना बसोवास गरिरहेका छन् ।केन्द्रमा सेवाका लागि तमु सेवा समिति नयाँबजार, नयाँबजार क्लब, एस ओ एस बालग्राम, तमु विद्यार्थी समिति, तमु धिं नेपाल आमा समिति लगायत नियमित जुटेको छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» भुकम्प पीडितको राहत संकलनमा तमुधिं नेपाल सक्रिय
Subscribe to:
Post Comments (Atom)
Post a Comment