नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्र्तगत व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको वित्तीय सहयोगमा सञ्चालित ३२ दिने निःशुल्क वेटर(वेट्रस, हाउस मेड तथा कुक) तालिम सम्पन्न भएको छ । तालिम आयोजक संस्था हिमालय कलेज अफ हस्पिटालिटि म्यानेजमेण्टले बुधवार एक कार्यक्रमको आयोजना गरि तालिमको समापन तथा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको हो । आईशा गुरुङ्गले संचालन गरेको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख तिलकराम रिजालले अहिले लिएको तालिम नै पूर्ण नभई एउटा मार्गदर्शन भएकाले प्राप्त मार्गदर्शनको सहि सदुपयोग गर्न प्रशिक्षार्थीलाई सुझाएका थिए । उनले आम नेपाली युवा युवतीलाई स्वरोगार बनाउने उद्देश्यले यस्ता खालका निःशुल्क तालिम फेरि फेरि पनि प्रदान गर्ने जानकारी दिए । यद्यपि यस्ता प्रकृतिका तालिममा प्रशिक्षार्थीको प्रत्यक्ष लगानी नभएपनि अप्रत्यक्ष रुपमा सरकारको लगानी रहेकोले निःशुल्क तालिम भनेर वेवास्ता गर्न नहुने बताए ।होटल बाराहिका अपरेशन म्यानेजर श्री वुद्धि शर्माले होटल व्यवसाय क्षेत्रमा अवसरसँगै चुनौती पनि रहेको बताए । कार्यक्रममा बोल्दै प्रशिक्षक द्वय शंकर जिरेल र राजकुमार कार्कीले तालिमबाट प्राप्त शीपलाई सहि सदुपयोग गर्न प्रशिक्षार्थीलाइृ सुझाव दिएका थिए भने प्रशिक्षार्थीको तर्फबाट बोल्दै शिवप्रसाद पौडेल र विश्वराज के.सी.ले आफुहरुले निःशुल्क रुपमा प्राप्त गरेको तालिमको अवसरलाई आफ्नो व्यवहारिक जीवनमा सहि ढङ्गले सदुपयोग गर्ने प्रण गरेका थिए । कार्यक्रममा तालिममा सहभागी १ सय ४० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । विगत ३ वर्षदेखि व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको सहकार्यमा होटल तथा पर्यटन व्यवसाय सम्वन्धी विभिन्न प्रकृतिका तालिम दिंदै आएको हिमालय कलेज अफ हस्पिटालिटि म्यानेजमेण्टले अहिलेसम्म करिब १५ सय जनालाई तालिमको अवसर प्रदान गरेको छ भने तालिम पछि. करिव ७० प्रतिशत प्रशिक्षार्थीहरु रोजगारीमा लागेको संस्थाका प्रबन्ध निर्देशक ज्ञानबहादुर रानाले जानकारी दिए । तालिम प्रदायक संस्था हिमालयन कलेज अफ् हस्पिटालिटी म्यानेजमेण्टका प्रबन्ध निर्देशक श्री ज्ञानबहादुर रानाले नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय, व्यावसायीक सीप विकास तालिम केन्द्र पोखरा प्रति तालिम संचालन गर्ने अवशर दिएकोमा हार्दिक आभार व्यक्त गरे । कार्यक्रमको समापन गर्दै कार्यक्रम सफल बनाएकोमा आफ्ना कर्मचारी तथा प्रशिक्षकको मेहेनतको उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिए । भविष्यमा पनि यस प्रकारका तालिमहरु अझ प्रभावकारी बनाउने र व्यावसायी तथा सीप विकास तालिम केन्द्रले पनि आफूहरुलाई यस किसिमका अवसरहरु दिनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» निःशुल्क वेट्रस, हाउस मेड तथा कुक तालिम
Subscribe to:
Post Comments (Atom)
Post a Comment