0
सिद्धार्थ स्मृति क्लव, रुपाकोटले आयोजना गरेको मोहरिया मेला–२०७२ तथा भलिवल प्रतियोगिताको उपाधि हिमदृश्य युवा क्लव, चिसापानीले जितेको छ । उपाधिसँगै हिमदृश्यले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  प्रतियोगितामा द्वितीय हुदै सहनशिल युवा क्लवले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता समूह र उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष क्षेत्रीले यस प्रकारको प्रतियोगिताले ग्रामिणस्तरमा सर्वसाधारणलाई खेलप्रतिको चासो बढ्ने बताए । सो अवसरमा रुपाकोट पोखरा मञ्चका अध्यष खेम बहादुर गुरुङ, सिद्धार्थ तमु समाज पोखराका अध्यक्ष गेस बहादुर गुरुङ, हर्क बहादुर गुरुङ, देव बहादुर गुरुङ, कर्ण बहादुर थापा, कार्यक्रम संयोजक जित बहादुर थापा लगायतले बोलेका थिए । २५५९ औं बुद्ध जयन्तीको अवसरमा आयोजित मेलामा लोपोन्मुख घाटु नाच, सोरठी लगायतका साँस्कृतिका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । क्लवले विगत तीन दशक देखि कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण रुपाकोट गाविस र ग्रामिण खेलमा सुहाउदो भलिवल खेलको प्रचारप्रसारका साथै स्थानीयरुपमा उत्पादित सामग्रीहरु को प्रदर्शनी गर्ने मुख्य उद्देश्यले मेलालाई निरन्तरता दिइएको क्लव सदस्य गुमान गुरुङले बताए । वि.स.२०५६ सालमा स्थापित क्लवले रक्तदान, सरसफाई, पर्यटन र खेल पर्यटन प्रवद्धनात्मक कार्यक्रमहरु गर्दै आएको क्लव अध्यक्ष झलक कुमार गुरुङले बताए । ‘खेलकुदद्वारा स्वास्थ्यको सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ क्लवले मेलालाई निरन्तरता दिंदै आएको छ । 
ककककउपभोक्ता ठग्नेलाई कार्वाही गर

Post a Comment

 
Top