0
गोल्डेन न्यूज संवाददाता
पीश्चमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले जनताको पीडामा सहयोगी बन्ने संघ–संस्थाहरु नै सरकार भएको बताएका छन् ।  भूकम्पले मुलुक विपत्तिमा परेको बेला राज्य तथा सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकिरहेको गुनासो आइरहँदा उनले यस्तो बताएका हुन् । तमु धिं नेपालको ३१औं स्थापना दिवस मंगलबार पोखरामा उद्घाटन गर्दै क्षेत्रीय प्रशासक थपलियाले विपत्तिमा पीडितका निम्ति जुटेका संघ संस्थाहरु नै राज्यको प्रतिनिधि भएको बताउँदै पोखरामा पुनःस्थापना केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेका तमु धिं नेपाल लगायतका संस्थाहरु नै पीडितको सरकार भएको स्पष्ट पारे । तमु धिं नेपालले विनासकारी भूकम्पले मुलुक विपत्तिमा परेको अवस्थामा भूकम्प पीडितको लागि उद्धार, राहत तथा पुनःस्थापना केन्द्र स्थापना गरि सेवा गर्दै आइरहेको छ । तमु धिंद्वारा आयोजित ‘प्रशासकहरुसँग भूकम्प पीडित’ विषयक अन्तत्र्रिmया कार्यक्रममा थपलियाले पोखरा क्षेत्रबाट भूकम्प प्रभावित क्षेत्र गोर्खामा स्वतःस्फूर्त १५ करोड राहत सामग्री पठाएको स्पष्ट पारे ।  खाद्य सामग्री, त्रिपाल र लत्ता कपडा समेत गरेर उक्त रकम बराबरको राहत सामग्री गोरखा पठाईएको उनको बताए । उनले राहत सामग्री पठाउनका लागि नेपाली सेनाले सडक निर्माण कार्य गरिरहेको र बारपाक, लार्पाक गाँउमा गाडी पुगको भन्दै उनले राहतका लागि उत्तरी क्षेत्रमा ५ वटा हेलिप्याड निर्माण गरिने र्ने बताए । भूकम्पका पीडितहरुको पीडा आफूले मनन गरेको भन्दै उनले पोखराका पुनःस्थापना केन्द्रमा रहेका पीडितहरु अन्य स्थानको  भन्दा भाग्यमानी रहेको दावी गरे ।  भूकम्प पीडितका लागि पोखरामा स्थापना गरिएको पुनःस्थापना केन्द्रहरुमा खाना बस्न लगायतका सेवा सुविधाहरु तुलनात्मक रुपमा राम्रो रहेको उनको दवी थियो । आफूहरु घरबारविहीन् भएको भन्दै अन्तत्र्रिmयामा भूकम्प पीडितहरुले अब हामी कहाँ जाने ? भनेर थपलिया समक्ष प्रश्न गरेका थिए । उनीहरुले हामीलाई कहिले आफ्नै गाउँमा पुनःस्थापना गरिन्छ ? भनेर सोधेका थिए । पीडितहरुले भूकम्पमा परेर विशेष गरेर महिला, वालवालिका तथा बृद्धबृद्धा बढी समस्यामा परेको भन्दै उनीहरुको समस्या समाधानका लागि राज्यको तर्फबाट के पहल भइरहेको छ ? भनेर जिज्ञासा राखेका थिए । लाप्राककी माया गुरुङले प्रश्न गरे ‘लाप्राक गाउँ नै सार्नुपर्ने अवस्थामा पुगेको छ, भूगर्भविद्हरु कहिले गाउँ जान्छन् ? र उनीहरुले भौगर्भिक अवस्था पत्ता लगाएर हामीलाई पुनःबास गराईन्छ ? ।’ अस्पतालले गाविसको सिफारिस मागेर घाइतेहरुलाई उपचार पछि पुनः परिक्षण र औषधी किन्नमा समस्या परेको गुनासो समेत गरिन ।भूकम्प पीडितको जवावमा क्षेत्रीय प्रसासक थपलियाले स्थानीयबासीकै सरसल्लाहमा लाप्राकमा उचित पुनःबास गरिने बताए । उनले भौगर्भिक अध्ययन पछि कहाँ बस्ती बसाउने अनि कहाँ नबसाउने भन्ने टुंगो लगाएर बारपाक र लाप्राकबासीको पुनःबास गराउने तयारी गरिएको जानकारी दिंदै उनले भूकम्प प्रभावित क्षेत्रमा बसोबास मात्रै नभइ विद्यालय, स्वास्थ्य संस्था र सामाजिक भवन पनि पुनःनिर्माण गरिने उल्लेख गरिने बताए ।गोर्खा सिङ्लाका सुमन गुरुङः हामीलाई हाम्रै ठाँउमा पुनःस्थापना कहिले हुन्छ ? राहत, यातयात, गाँउमा रहेका जेष्ठ र बालबालिका बढी समस्यामा परेका छन् राज्यका तर्फबाट के पहल गरिदैछ भनि प्रश्न गरेका थिए भने लाप्राकका डिलप्रसाद गुरुङले गाँउ नै जोखिममा परेको, संचार, कम्तिमा मोवाइर्ल चार्ज गर्ने बिद्युत सेवा, स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन आग्रह गर्दै, हाम्रो घर छैन कहाँ जाँउ ? भनि थपलिया समक्ष प्रश्न गरेका थिए । उनले विद्यार्थीहरु भविष्य केही सोच्न आग्रह समेत गरे । यसैगरी स्वंयसेवक पारस गुरुङ पीडित घाइतेको उपचारका लागि सरकारले घोषणा गरे जसरी औषधि उपलब्ध नभएकाले तमु धिं मा संकलित राहतबाटै औषधि खरिद गर्ने गरेको बताए । पीडितहरुको जिज्ञासको जवाफ दिंदै प्रशासक थपलियाले पीडित युवाहरुले आफ्नो गाँउको पुनःनिर्माणका लागि नेतृत्व गर्नुपर्छ पुनःस्थापना केन्द्र बसेर दिन गुजार्न नुहुने सुझाव दिए । घाइते, बृद्ध, बालबालिकाको हामी जिम्मेवारी लिन्छौं सक्षमहरु गाँउ जानुस् भूकम्प पीडितको विवरण टिप्नुपर्दछ र गाँउमा युवाहरुको अभावले उद्धार कार्य गर्न गाह्रो भयो । उनले भवन निर्माणका लागि तत्कालका लागि १५ हजार राहत र एक महिना भित्र अस्थायी बसोवास बसोवास, घर बनाउन न्यूनतम २ लाख रुपैयाँ दिने निर्णय भएको भन्दैै यातयात नपुग्ने ठाँउमा हेलिकप्टरबाट राहत सामग्री पठाउने व्यवस्था गरिएको बताए । सधंै पीडितलाई त्रिपालभित्र राखिंदैन,सरकारले २ वर्षभित्र पुनःस्थापना गर्दछ, केवल घरबात्रै नभई गाँउमा  विद्यालय, स्वास्थ्य, विभिन्न समाजिक भवन निर्माण गरिने उनले बताए ।  सो अवसरमा श्रम शिविरबाट फर्केका आश गुरुङ र ओम गुरुङले गोर्खाको बारपाक, लाप्राकमा पीडितले त परै जाओस् सेना प्रहरीले समेत रासन पाउन नसकेको जानकारी गराएका थिए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रेस स्वतन्त्रतका सेनानी माधव शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले तमु धिं नेपालले उदाहरणीय कार्य गर्दै आएकोमा प्रशंसा गरेका थिए ।  तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष अनिता गुरुङ, वरिष्ठ  सल्लाहकार सन्तबहादुर गुरुङले पनि बोलेका थिए । उक्त अवसरमा पुर्नस्थापना केन्द्रका स्वयंसेवकहरुलाई सम्मान गरिएको थियो ।  तमु धिं नेपालद्धारा स्थापित पुनःस्थापना केन्द्रमा हाल १४७ जना भूकम्प पीडितहरु रहेका छन् ।

Post a Comment

 
Top