0
गोल्डेन न्यूज संवाददाता
‘विपद् व्यवस्थापनमा युवा, पूनर्निर्माणका लागि युवा स्वयम सेवा’ अभियान अन्तर्गत मंगलबार युवा स्वयमसेवी टोलीले पर्वतमा पनि पूनर्निर्माण गरेको छ । युवा स्वयम सेवा समन्वय उपसमितिका संयोजक दीपेन्द्र श्रेष्ठका अनुसार टोलिले पर्वतको तिलहार गाविसको गिज्याङमा रहेको तुलोदय माविमा ३ वटा अस्थायी राहत कक्षा कोठा निर्माण गरेको हो । गत बैशाख १२ गते र २९ गते गएको भूकम्पले तुलोदय माविको २ वटा भवन पूर्ण रुपमा क्षति पुगेको थियो । पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषि तिवारीको विशेष आग्रह र पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको समन्वयमा टोलि पर्वत गएको संयोजक श्रेष्ठले बताए । टोली त्यहाँ उपस्थित अभिभावक, रोट्रयाक्ट क्लव अफ पर्वत र युवा क्लवका भाइ वहिनीहरुलाई बाँसको खाँबोगाडेर चित्राले बारी त्रिपालको छाना बनाइ कम खर्चमा सरल ढंगले बनाईने अस्थायी राहत कक्षा कोठा बारे अभिमुखिकरण समेत गराएको श्रेष्ठले जानकारी दिए । पर्वतका प्रमुख जिल्ला अधिकारी तिवारीले सोही मोडलमा जिल्लाका अन्य विद्यालयमा पनि राहत कक्षा कोठा बनाउने बताउँदै पोखरा देखि पर्वत सम्म आएर सहयोग गरेकोमा टोलिलाई धन्यवाद दिए । विद्यालका प्रधानाध्यापक सुरेश पौडेलले अस्थायी कक्षा कोठाले तत्काल कक्षा संचालन गर्न राहत मिलेको प्रतिक्रिया दिए । स्वयंसेवा टोलिमा नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेल,राष्ट्रिय अनुसन्धानका डिआईजी यादव रेग्मी, गोकुल कार्की, राममोहन आचार्य, बलराम श्रेष्ठ, फोनिजका हुम तमु, एस.ओ.एस तालिम केन्द्रका मोहन केसी, दिल थापा र अन्य प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । अभिायनमा नेपाल रेडक्रस सोसाइटी कास्की, फेवा फाइनान्स, रोटरी क्लव अफ पोखरा फिष्टेल, बाबा फाउण्डेसन, जिल्ला टेनिस संघ कास्की, रविना फाउण्डेसन, पोखरा हार्डवयर एशोसिएशन, पालिखे टे«ड्स, सम्मोहन साहित्यिक पत्रिका, निर्माण व्यवसायी समिति कास्की र होटल पिस प्लाजाका  भरतराज पराजुलीको सहयोग रहेको युवा स्वयम सेवा समन्वय उपसमितिले जानकारी दिएको छ । विद्यालय पूर्ननिर्माणकै लागि कास्कीको स्वयमसेवा टोलि शनिबार लमजुङको सुन्दरबजार जाने पनि श्रेष्ठले जानकारी दिए ।यसैगरी अनेरास्ववियुको केन्द्रीय कार्यक्रम अनुसार मंगलबार पनि अनेरास्ववियुको एक टोलीले लेखनाथ वडा नं १४ र १५ मा पुनर्निर्माण कार्यमा जुटेको हो । अनेरास्ववियु केन्द्रीय सदस्य तथा गण्डकी अञ्चल सह–ईन्चार्ज नरेश रोकायाको नेतृत्वमा रहेको २५ जनाको टोलीले भत्किएर पठनपाठन सुचरु हुन नसकेका विद्यालय र स्थानीय व्यक्तिको घरहरु पुनर्निर्माणमा जुटेको बताएको छ । लेखनाथ वडा नं १४ र १५ मा मंगलबार मात्रै अखिलले ७ वटा जस्ता पाता प्रयोग गरी घर निर्माण गरेको अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । त्यस्तै अनेरास्ववियु कास्की क्षेत्र नं १ ले आफ्ना क्षेत्रीय कमिटी सदस्य सुनिता परियारको घर बस्नै नमिल्ने गरी भत्किएकाले तत्काल  बसोबासका लागि २ थान त्रिपालको व्यपस्था गरेको जनाएको छ । साथै जस्ता पाता प्रयोग गरी अीथाई बसोबासको व्यवस्था मिलाउने पनि अनेरास्ववियुले जनाएको छ ।

Post a Comment

 
Top