0
गोल्डेन न्यूज संवाददाता
बाघमारा बचत तथा ऋण सहकारी संस्था लि. ले शेयरसदस्यको साक्षरता अभिबृद्धि अभियान स्वरुप बुधबार निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरेको छ । अमेरिकाको हन्टरर्स लायन्स क्लब युटाद्वारा प्रायोजित एवं नेपाली इन्जिनियर अश्विनकुमार लामिछाने र उनकी श्रीमती लीला लामिछानेको सहयोग तथा बाघमारा बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा ५० थान चस्मा वितरण गरिएको हो । सिटी अप्टिकल सेण्टर महेन्द्रपुलका संचालक रमेश ओझाले निःशुल्क आँखा जाँच गरेका हुन् भने ई. लामिछानेले थप चस्मा सहयोग तथा लेखनाथ–१७ मा भूकम्पबाट ध्वस्त भएका घरधनीहरुलाई आफ्नो तर्फबाट राहत स्वरुप नगद रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।बाघमारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्लीराम बराल, नेपाल रेडक्रस सोसाइटी भरतपोखरीका सभापति यज्ञप्रसाद अधिकारी, संस्थाका सचिव नन्दलाल काफ्ले, व्यवस्थापक जगन्नाथ लामिछाने, अमेरिकाबाट आएका लीला आचार्य, तारानिधि आचार्य, विष्णु आचार्य, भरतपोखरी साना किसान सहकारी संस्था लि.का रामजीप्रसाद अधिकारी, सुरक्षा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष माधवप्रसाद कँडेल लगायतले कार्यक्रमले साक्षरता अभिबृद्धिमा सहयोग पुग्ने बताए ।

Post a Comment

 
Top