0
गोल्डेन न्यूज संवाददाता
नेपालमा रहेका चार वटा लायन्स डिष्ट्रिकमध्ये ३२५ बी १ नेपालको गभर्नरमा पोखराका युवा ब्यवसायी धु्रववहादुर थापा निर्वाचित भएपछि आफ्नो कार्यसमिति विस्तार गरेका छन् । डिष्ट्रिक कन्भेन्सन तोकिएको दिन औपचारिकरुपमा गभर्नर घोषणा हुन नपाए पनि त्यसको दुई सातापछि औपचारिकरुपमा गभर्नरको घोषणासँगै थापाले आफ्नो सहयोगीहरुसमेत छानेका छन् । लायन्सको डिष्ट्रिक गभर्नरमा यसअघि पोखराबाट दीपक श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, योगेन्द्र प्रधान निर्वाचित भएका थिए ।उनीहरुमध्ये दीपक र प्रेमबहादुर लायन्सको मल्टिपल काउन्सिल चेयरपर्सनसमेत बनिसकेका छन् । यसपटक ३२५ बी १ को कन्भेन्सन बाट थापा गभर्नर बनेका छन् भने । फष्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा बालकृष्ण बुर्लाकोटी र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा धनराज आचार्य निर्वाचित भएका हुन् । थापा र बुर्लाकोटीले एस भोटको आधारमा निर्वाचित हुने मौका पाएका हुन् भने आचार्यले तनहुँका अशोक श्रेष्ठसँग चुनावी प्रतिष्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएकोमा अन्तिम क्षणमा श्रेष्ठको उम्मेदवारी फिर्ता गराएर निर्वाचित निर्वाचित भएका हुन् । यही बैशाख १२ गते काठमाडौको  प्रज्ञा भवनमा उक्त डिष्ट्रिक्टको कन्भेन्सन आयोजना गरिएको र संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले उदघाटन गर्ने भनिएकोमा कार्यक्रममो औपचारिक सुरुवातसँगै महाभुकम्प आएपछि कार्यक्रम बिथोलिएको थियो । त्यसपछि सहभागीहरुले खुला चौरमा बसेर कार्यक्रमलाई निरन्तरता दिएको जनाएका थिए । नयाँ गभर्नर थापाले  आफूले मनोनीत गर्ने पदमध्ये सचिवमा पोखराकै विश्वेश्वर आचार्य र कोषाध्यक्षमा पनि पोखराकै प्रजापति बास्तोलालाई मनोनीत गरेका हुन् ।
थापाको मनोनयनलाई डिष्ट्रिक्टले अनुमोदन गरेको छ । गभर्नर थापाले क्रमशः  डिष्ट्रिक एडभाईजर, चिफ एडभाइजर,को–चिफ एडभाईजर,रिजन चियर पर्सन र जोन चियर पर्सन,लगायतका पदहरुमा  समेत मनोनयन गरिसकेका छन् । नयाँ गभर्नर थापाले आफ्नो कार्यकालका बारेमा जानकारी दिदै आगामी दिनहरुमा “अरुभन्दा भिन्न गरौ” भन्ने आफ्नो नारा अगाडि सारेका छन् । उनले आफ्नो कार्यकालमा विभिन्न सेवा, सुविधा र उचित पुर्वाधारको अभावका कारण शिक्षावाट बन्चित सर्वसाधारणहरुको लागि  लक्षित गरि “स्कूल एडप्ट कार्यक्रम ” सञ्चालन गर्ने जनाए । लायन्स क्लबहरुले मोतियाविन्दु तथा अन्य स्वास्थ्य शिविर, छात्रबृति, सरसफाइ, रक्तदान, बृक्षारोपण ,बिद्यलयमा फर्निचर, पुस्तकालय स्थापना, विभिन्न तालिम, खेलकुद, खानेपानी तथा सरसफाइ  लगायतका दर्जनौ कामहरु गरिरहेको वताउदै गभर्नर थापाले आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिइने बताए । उनले  आर्थिक अभावले निर्माण हुन नसकेका कमजोर भौतिक संरचनाहरु र सार्वजनिक बिद्यालयको भौतिक निर्माण एवं पुर्वाधारको बिकासकालागि आर्थिक सहयोग गर्न, शैक्षिक कोषको सञ्चालन गर्ने साथै विद्यालयमा  खानेपानी ,शौचालय, पुस्तकालय, कम्प्युटर, डेक्स र बेन्च,लगायतका भौतिक पुर्वाधारहरुको  निर्माणका लागि विषेश पहल गरिने जनाए । पूर्वमल्टीपल काउन्सील चियर पर्सनद्धय पे्रमबहादुर श्रेष्ठ र दीपक श्रेष्ठ,पुर्व डिष्ट्रिक गभर्नर योगेन्द्र प्रधान र निर्वाचित द्वितीय गभर्नर धनराज आचार्यलगायतले गभर्नर थापालाई आगामी कार्यकालका लागि सहयोग गर्न आग्रह गरेका थिए। विश्वका २०८ मुलुकमा बिस्तार  भएको लायन्सलाई अन्तर्राष्ट्रियस्तरको ठूलो संस्थासमेत मानिन्छ । अमेरिकन नागरिक मेल्भिन जोन्सले सन् १९१७ मा अमेरिकाको टेक्सासमा शुुरुवात गरेको लायन्स क्लब नेपालमा पहिलोपटक पुर्ब प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन् १९७१ मा भित्राएका थिए । हाल बिश्वमा करिब १४ लाख र नेपालमा मात्र करिब १३ हजार लायन्सका सदस्य रहेका छन् । नेपालमा लायन्स ३२५ ए १ ,ए २, बि १, र बि २ गरि चारवटा डिष्ट्रिक्क तथा करिब छ सयको संख्यामा लायन्स क्लबहरु रहेका छन् ।

Post a Comment

 
Top