गोल्डेन न्यूज संवाददाता
नेपाल पत्रकार महासंघ कास्कीले बर्ष २०७१ को गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारिता पुरस्कार २०७२ युवा पत्रकार नबीन सिग्देललाइ प्रदान गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा संचालित तथा स्वर्गिय पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उहाँका परिवारजनद्धारा स्थापित पुरस्कारको राशी २५ हजार नगद, ताम्र पत्र र दोसल्ला रहेको रहेको छ । सिग्देल आर्दश समाज दैनिकमा प्रमुख संवाददाताका रुपमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका केन्द्रीय महाधिवेसन प्रतिनिधि सिग्देललाई महासंघको कास्की शाखाद्धारा गठित प्रतिभा छनौट समितिको सिफारिस अनुसार, आइतबार बसेको कार्यसमितिको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । प्रतिभा छनौट समितिको संयोजकमा वरिष्ठ पत्रकार माधव शर्मा, महासंघ कास्की शाखाका पूर्वअध्यक्ष रबीन्द्र बाँस्तोला, सल्लाहकार राजबहादुर गुरुङ, अध्यक्ष रामकृष्ण ज्ञवाली र सदस्य सचिबमा महासंघका सचिब त्रिभुवन पौडेल रहेका थिए । २०५६ सालमा हाम्रो जमर्काे मासिक र प्राकृत पोखरा सप्ताहिक पत्रिका प्रकाशित गरी पत्रकारितामा लागेका सिग्देलले रासस, नेपाल एफएम नेटवर्क, तराई टिभि, रेडियो बाराही, हिमचुली एफ्एम्, कालिका एफ्एम चितवन, वीरगञ्ज एफ् एम वीरगञ्ज, प्रतिध्वनी एफ्एम हेटौडा र मध्यविन्दु एफएम नवलपरासीको समाचारदाता भएर काम गरेका थिए। सिग्देलले यसअघि राष्ट्रिय समाचार समिति उत्कृष्ठ आलेख पुरस्कार, अपराध अन्वेषण पत्रकारिता पुरस्कार, जिल्ला विकास समिति उत्कृष्ठ पत्रकार पुरस्कारसमेत प्राप्त गरेका थिए ।
Post a Comment