सहारा एकेडेमीमा हाल चार जना वालकहरु थपिएका छन । थपिएका चार सहित हाल एकेडेमीमा २५ जना वालहरु रहेका छन । पोखराको सहारा क्लवले संचालन गर्दै आएको सहारा एकेडेमीमा अझै थप ५ जना वालकहरुलाई राख्न सकिने भएको क्लवले जनाएको छ । हाल एकेडेमीमा थपिएका कास्की भदौरेतामागीका ११ बर्षीय सुर्य सुनार (विक), कैलाली पवेरा गाविसका ११ बर्षीय भागवत चौधरी, कैलाली टिकापुरका १२ बर्षीय समिर चौधरी र पर्वत कार्किनेटाका १२ बर्षीय शिशिर क्षेत्री रहेका छन् । नयाँ शैक्षिक सत्र २०७२ संगै अन्य पाँच जना वालकहरुकोे खोजि अभियान सुरु भएको क्लवका अध्यक्ष वीरभद्र आचार्यले गोल्डेनन्यूज दैनिकलाई जानकारी दिए । कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा एकेडेमी पोखरा–१७, दोबिल्लामा ३० जना राख्ने गरी क्षमता भए पनि हाल १४ जिल्लाका २५ जना वालकहरु रहेको अध्यक्ष आचार्यले बताए । १० देखि १२ सम्म भई कक्षा ५ देखि ७ सम्म अध्ययनरत भएका, कठिन आर्थिक अवस्था, बाबुआमा दुबै नभएको वा कुनै एकको मृत्यु भएको वा बुवा आमा क÷ख वर्गको अपाङ्गता भएको बालकको शारीरिक तन्दुरुस्ता लगायतको मापदण्ड पुरा भएका वालकहरुलाई एकेडेमीमा राखिने भएको अध्यक्ष आचार्यले बताए । भुकम्पबाट प्रभावित भएका वलकहरुलाई बढी प्रथामिकता दिईने भएको समेत अध्यक्ष आचार्यले बताए । विगत २०५८ सालबाट संञ्चालित सहारा एकेडेमी हालको तेस्रो ब्याज हो । एकेडेमीमा रहेका वालकहरु सुविधा सम्पन्न भवनमा हाल निःशुल्क गाँस, बास र कपासको सुविधा लिई निरन्तर अध्ययन, फुटबल प्रशिक्षण र अतिरिक्त क्रियाकलापमा समेत संलग्न छन । मोफसलको सहारा क्लबले दाताको सहयोगबाट २ करोडको लागतमा आफ्नै दुई तले पक्की भवनको साथ फुटवल मैदान निमार्ण गरेर नेपालकै उदाहरणीय संस्थाको रुपमा परिचित भएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment