0
 व्यवस्थापिका विकास समितिका सभापति तथा कास्की क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् रविन्द्र अधिकारीले कास्कीको क्षेत्र नं. ३ मा यही बैशाख १२ गते गएको भूकम्पबाट पीडितहरूलाई भेटघाट गरेका छन् । सोही क्रममा उनले आइतबार कास्कीको लेखनाथ नगरपालिका वडा नं. १६, १७ र १८ भरतपोखरीका चौगादी, तल्लोपुँडी, माथील्लोपुँडी, छाप्लाङ्ग, लाम्गादी लगायतका अन्य भूकम्पबाट क्षतीग्रस्त स्थलहरूको अवलोकन साथै सो क्षेत्रमा भइरहेको उद्धार तथा राहत वितरण कार्यको अनुगमन समेत गरेका छन् । उनीसँगै एमाले कास्कीका सचिवालय सदस्य युवराज पौडेल, क्षेत्रीय अध्यक्ष धनबहादुर नेपाली, क्षेत्रीय सदस्य शिवप्रसाद आचार्य, गाउँकमिटि अध्यक्ष टुकराज भण्डारी लगायतले राहत वितरणको अवस्था र भावीदिनमा गर्नुपर्ने प्रभावकारी उद्धारका कार्यको योजना समेत बनाएको बताइएको छ । आइतबारनै सभासद् अधिकारीले विभिन्न जिल्लाबाट उद्धार गरी ल्याइ पोखराका गण्डकी, चरक, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हरूमा उपचार गराईरहेका घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारको सम्बन्धमा जानकारी समेत लिएका छन् । सो अवसरमा अधिकारीले उपचारलाई छिटोछरितो र प्रभावकारी बनाउन सम्बन्धित अस्पतालहरूलाई आग्रह गर्दै उक्त कार्यक्रमा कत्तिपनि ढिलासुस्ती गर्न नहुने बताए । जनताको पीरमर्कामा सहभागी हुने क्रममा सोमबार निर्मलपोखरी र मंगलबार कृष्तिको स्थलगत निरीक्षणमा जाने कार्यक्रम रहेको एमाले क्षत्र नं. ३ कास्कीका अध्यक्ष धनबहादुर नेपालीले बताए ।यसैगरी संविधानसभामा कास्की क्षेत्र नम्बर ४ बाट निर्वाचित सभाषद् सिता गिरी ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भूकम्प प्भावित जनतासंगको भटघाटलाई तीव्रता दिएकी छन् । सभासद् गिरी सहित नेकपा एमाले क्षेत्र नं ४का क्षेत्रीय अध्यक्ष विष्णु केसी,जिल्ला कमिटि सदस्य इमानराज पौडेल र संबन्धित गाउँ कमिटि अध्यक्ष सहितको टोलीले क्षत्र नंम्बर ४मा भएको  क्षतिको बारेमा जानकारी लिन घरदैलो कार्यक्रम नै गरेको छ । भुकम्पबाट प्रभावित पोखरा २६ सराङकोट, पोखरा २७ हेम्जा सहित चापाकोट गाविस,भदौरे गाविस र सराङकोट गाविसमा सभासद् सहितको टोलीले त्यस क्षेत्रको अवलोकन गर्दै प्रभावित जनताका गुनासो समेत सुनेको क्षत्र नं ४का अध्यक्ष विष्णु केसीले जानकारी दिए । सो अवसरमा गाविस कार्यालयले गरेको संकलन विवरण भन्दा बढि घरमा आशिंंक तथा पूर्ण रुपमा क्षति भएको पाईएको एमाले जिल्ला कमिटि सदस्य ईमानराज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार सो क्रममा टोलिले प्रभावित जनता, गाविस सचिव, वडा सचिव र नेपाल रेडक्रस सोसाईटीका इलाका अध्यक्षहरुसंग समेत जानकारी लिएको छ । टोली संगको भेटमा पिडितहरुले सरकार तथा दलका प्रतिनिधिबाट आफुहरुले कुनै सहयोग नपाएको गुनासो गरेका थिए । त्यस अवसरमा उनीहरुले पिडितहरु लाई आवश्यक सहयोग गर्न आफ्नो पार्टी एमाले र आँफुहरु तयार रहेको बताएका छन् । सभाषद् गिरी सहितको एमाले क्षेत्र नं ४को टोली सोमबार पुरुन्चौर, लाहाचोक, घाहाचोक, माछापुच्छ«े र सार्दिखोला पुग्ने कार्यक्रम रहेको टोलीमा सहभागी एमाले कास्कीका सदस्य पौडेलले जानकारी दिए । यसैगरी नेकपा एमाले कास्कीले गत शनिबार गएको भुकम्पबाट प्रभावित भएका पिडितहरुसंग भेटघाट गरी क्षतिको विवरण संकलन गरेको छ । भुकम्पबाट प्रभावित पोखरा १९ लामाचौर घार्मीमा पुगी टोलीले क्षतिको विवरण संकलन गरेको हो । सभासद चुडामणि जङ्गलीको नेतृत्वमा गएको टोलीले प्रत्येक घरमा पुगी त्यहाँको अवस्था र पीडितहरु संग समस्याको जानकारी लिएको विद्यार्थी नेता अर्जुन अधिकारीले जानकारी दिए । वडा कार्यालयले गरेको संकलन विवरण भन्दा बढि घरमा आशिंंक तथा पूर्ण रुपमा क्षति भएको पाईएको एमाले नेता श्रीनाथ बरालले जानकारी दिए ।
टोली संगको भेटमा पीडितहरुले सरकार तथा दलका प्रतिनिधिबाट आफूहरुले कुनै सहयोग नपााएको गुनासो गरेका थिए । त्यस अवसरमा नेताहरुले पीडितहरु लाई आवश्यक सहयोग गर्न एमाले तयार रहेको बताएका छन् । टोलीमा सभासद जङ्गली सहित एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेता श्रीनाथ बराल, एमाले क्षेत्र नं.२ का अध्यक्ष जिवन आचार्य, एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पोडेल, एमाले लामाचौरका उपाध्यक्ष डिल्लीराम पौडेल लगायतका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । टोलीले साबिकको लामाचौर गाविसको नौं वटै वडाको अवलोकन गरेको थियो ।

Post a Comment

 
Top