0
गोरखाको मुच्चोक गा. वि . स मा १९ गते शनिवार राहत वितरण गरिएको छ । उक्त गा.वि.स का वडा नं २, ४ र ५का भुकम्प पिडितहरुलाई दुई लाख पच्चास हजार बराबरको टेन्ट, कपडा, खाद्यन्न, चप्पल, म्याट, झुल, औषधी वितरण गरिएको थियो । एक लाख बरावरको औषधि अन्नपुर्ण प्याराग्लाइडिङ्ग का म्यानेजिङ्ग डाइरेक्टर वसन्तराज दवाडीले लुफ्टिकस, जरमनीको सहयोग मा सहयोग गरेको संस्थाकी प्रमुख सीता श्रेष्ठले बताए । भुकम्प पीडितहरुका लागि संस्थाका सम्पूर्ण कर्मचारीहरुले ५ दिनको तलब भत्ता दिई रकम जुटाईएको थियो । भुकम्प पीडितहरुलाई उक्त राहत संस्थाका कर्मचारी लगायत संस्था प्रमुख सिता श्रेष्ठ आफै पुगि राहत वितरेण गरीएको जानकारी गराए ।

Post a Comment

 
Top