0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जाको स्वरेक वडा नं. ५ अन्तरगत पर्ने थानाको पाखा तेर्सो बाटोमा शिव लिङ्ग उत्पत्ति भएको भन्दै हेर्ने र पूजा गर्नेको भिड् लागेको छ । उक्त शिवलिङ्ग सोमबार मात्रै स्थानीयले देखेको बताइएको छ । बाटोको छेउमा हँुदा पनि आजसम्म देखा नपरेको अहिले देखा प¥यो हामी आफै आश्चर्यमा परेका छौं स्थानीय भैरव कालिका आमा समुहका अध्यक्ष शसि सेनले भने । हिजोदेखि आज सम्मद र्शन गर्नेको संख्या एक हजार नाघीसकेको सेनले बताए । देशमा महाविपत्ति परेको बेला स्वरेकमा शिव लिङ्ग उत्पत्ति भएको भन्दै स्थानीयले पूजा शुरु गरेको बताइएको छ । गाईको कल्चौडौ जस्तोदेखि गाइको थुन र शिव लिङ्ग थेग्ने सवै आश्चर्य मान्दै हेर्ने गरेका छन् ।

Post a Comment

 
Top