0

गोल्डेन न्यूज संवाददाता
पोखराको नाराएणस्थान धार्मिक क्षेत्र विकास अन्तर्गत रहेको नीलकण्ठ महादेव मन्दिर परिसरमा विभिन्न पाँच वटा भगवानका मूर्तिहरु स्थापना गरिएको छ । नीलकण्ठ आश्रम सेवा समितिको पहलमा भगवान गणेश, हनुमान, सूर्य, गंगामाता र जगदगुरु शंकराचार्यको मूर्ति एक साथ स्थापना गरिएका हुन् । कास्की जिल्ला कवाडी संघ, भाडा व्यवसाय समिति कास्की लगायत पोखरामा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यवसायी र समाज सेवीहरुले मूर्ति स्थापनाका लागि आर्थिक गरेका छन् । धार्मिक विधि अनुसार मन्दिर परिसरको विभिन्न भागमा स्थापना गरिएका भगवानका विभिन्न मूर्तिहरु सहितको भौतिक पूर्वाधार निर्माणले नारायणस्थान क्षेत्र अवदेखी छठपूजाका लागि समेत उपयुक्त स्थल वनेको छ । छठ पुजाका अवसरमा लाग्ने हजारांै भक्तजनको मेलाले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्दनमा टेवा पुग्ने लिईएको स्थानीयवासी सनकमान सिकेले बताए । नवनिर्मित मूर्तिहरुको वुधवार एक समारोहका वीच उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदयवहादुर राना मगरले धर्म निरपेक्षताको गलत अर्थ लगाएर हिन्दू धर्मप्रति आक्रमण गरिरहेको अवस्थामा मूर्ति स्थापनाले हिन्दू धर्मको महत्व अझ बढ्दै जाने विश्वास व्यक्त गरे । कास्की जिल्ला कवाडी संघका अध्यक्ष केशवप्रसाद अधिकारीले धार्मिक पर्यटनलाई मात्र यस क्षेत्रमा भित्र्याउन सके समग्र पोखराको पर्यटन प्रवर्दनमा टेवा पु¥याउन सकिने विचार व्यक्त गरे । भाँडा व्यवसायी समिति कास्कीका अध्यक्ष कुस कार्कीले सो अवसरमा रु पाँच हजार दस रुपैयाँ  आर्थिक सहयोग प्रदान गरेका थिए । सो अवसरमा प्रमुख अतिथि उदय रानालाई मन्दीरका संरक्षक आनन्द गिरीले सम्मान गरेका थिए भने प्रमुख अतिथि रानामगरले मन्दिर संरक्षक आनन्द गिरी,मन्दिरका पूजारी सदा शिव स्वरुप स्वामी, समितिका अध्यक्ष विकास दुगड सहित अन्य अतिथि तथा चन्दा दातालाई दोसल्ला  ओढाएर सम्मान गरेका थिए । समितिका अध्यक्ष विकास दुगडको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समितिका सदस्य वसन्त उदासले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समाजसेवी अम्वरवहादुर गुरुङ, महिला मिलन समूहकीअध्यक्ष गीता कुँवर, प्राध्यापक देवनारायण सुतिहार लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Post a Comment

 
Top