पोखरेली साहित्य त्यसमा पनि गजल, झण्डै तीन दर्जन गजल पुस्तकका बीच मनको आकाश (२०६९) घटस्थापनाको दिन हाम्रो दैलोमा भित्रिएको छ । नव दुर्गा भवानीले रक्षा गरेर होला दुर्गा न्यौपाने त्यही दिनमा बहुरुपी दुर्गा बनेर निस्किन । जिन्दगीका कयौं वसन्त पार गरेकी, कयौं भोटाहरू फटालेकी उनले आफ्ना दुई छोरीहरू दीपा र दीक्षालाई केक काटेर जन्म दिन मनाउन सिकाए पनि आफूले त्यो दिनसम्म जन्म दिन मनाउन सिकिनन् । किनकि उनी चाहन्थिन इतिहास कोर्न, भ्रमको पर्दा च्यात्न अनि पोखरेली मात्र नभएर नेपाली वाङ्मयको क्षेत्रमै विद्रोह गर्न र आफ्नो साहित्यिक यात्रामा क्रान्ति निम्त्याउन त्यसैले उनले आजसम्म जन्म दिन मनाइनन् र मनाएकी थिइनन् ।उनलाई समयले साथ दिएको भन्नुपर्छ । आदी गजलकार मोतिराम भट्टको जन्मदिन मोति जयन्ती अर्थात भदौं १ गतेका दिन तय गरिएको एकल गजलवाचन कार्यक्रम परिवारमा परेको दुःखद् घटनाका कारण पछाडि सरेपनि । अब इतिहास मेटेर पनि मेटिदैन त्यसै कारणले उनको एकल गजलवाचन सुनेपछि आफूलाई पोखरेली वाङ्मयको क्षेत्रमा आफैले सशक्त सम्झनेहरू, चाकडी, चाप्लुसी, धुत्याई र छुच्याइमा लाग्नेहरूले एकपटक गाला मुसारेका छन् किनकि दुर्गाले त्यो दिन निम्त्याइदिइन् ।सोचेका थिएनन् उनको गजल वाचन यती सभ्य र भव्य रुपमा सम्पन्न हुन्छ भनेर । आजसम्म एकदिन पनि त्यस्ता कार्यक्रम हरूमा ननिस्केकी एकल महिला जो एकैचोटी विष्फोट हुँदा अनिष्ट त हुने नै भयो । जसरी उनले नेपाल आमाको छातीमा गर्वका साथ टेकेर नेपालको चन्द्रसूर्य अंकित झण्डासँग अङ्कमाल गर्दै झण्डोत्तोलन गरेर आफ्नो जन्मदिन मनाएको इतिहास रचिन त्यस्तै गरेर पोखरेली गजलको इतिहासमा मात्र हैन नेपाली वाङ्मयको इतिहासमा पनि उनले झण्डोत्तोलन गरेकी छन् टिकटमा एकल गजलवाचन गरेर । यी त उनका गजल सुनेपछिका मनमा लागेका कुरा भए तर उनले एकल गजलवाचन मात्र गरेकी छैनन् । नेपाली गजलको इतिहासमा आफ्नो नाम लेखाएकी छन् मनको आकाश गजल सङ्ग्रहबाट । जम्मा १२६ पृष्ठमा फैलिएको उनको मनको आकाश पहिलो गजल सङ्ग्रह र दोस्रो साहित्यिक कृति हो । यसभन्दा पहिला याद गर कविता सङ्ग्रह २०६५ सालमै प्रकाशन भएको थियो ।जम्मा १०८ वटा गजलहरू सङ्ग्रहीत उनको कृति गुणस्तरका हिसाबले र गजलका हिसाबले पनि उत्कृष्ट छ । बिम्ब कवि रमेश श्रेष्ठको बिम्बले मनको आकाशलाई न्याय गरेको छ । दुर्गा शाह बाबा, प्रकाश सायमी, प्राज्ञ रमेश श्रेष्ठ, कृष्ण उदासी र तिलक पौडेल स्यार्कोटेका शुभेच्छाहरूले कृतिको तौल बढाएका छन् । मनको आकाशले उनी बाचेको समाजको चित्र र झण्डै एक दशकको समय सीमा बोकेको छ । यस स्रग्रहका अधिकांश गजलहरू, विद्रोह, व्यङ्गय, वितृष्णा र विरहजस्ता भावहरू बोकेर दुर क्षितीजको सपना साचेर यात्रामा निस्केका छन् । अग्रज साहित्यकार राजेन्द्र चापागाई आहात, र क्रियाशील सर्जक फणिन्द्र अकिञ्चनको नजरमा दुर्गाका गजलहरू याद गर कविताभन्दा धेरै गुणा राम्रा र दमदार छन् । पङ्क्तिकारलाई थाहा छैन उनको याद गर भित्र कस्ता कविता थिए तर मनको आकाशमा कस्ता गजलहरू छन् त्यो पूरा थाहा छ । उनी यस कृतिमा सम्भावनाका ढोकाहरू ढक्ढक्याउँदै उदाएकी छन् । ढोका ढक्ढक्याउने मात्र हैन दुर दराजमा रहेका कोरा सपनाहरूलाई विपना बनाउने इदारा बोकेर हिड्ने आशावादी लेखक हुन् । उनी सधै आशा रभरोसामा भोलिको सपना देख्ने गरेकी छन् त्यसैले भनेकी छन्ःदीपा मैले तिमीसँग मीठो सपना देखेकी छुमान्छे बनी फर्कनेछ्यौ भनी बिछोड खेपेकी छु (पृष्ठः८४)उनको कल्पनाको सपनालाई विपना बनाउनका लागि आफ्नी छोरी दीपाप्रति समर्पीत गर्दै गजल लेखेकी छन् । जसबाट प्रष्ट हुन्छ उनी भोलिप्रति आशावादी रहने एक सर्जक हुन् । उनका यस्ता प्रसङ्गहरू बग्रेल्ती छन् । १०८ वटा गजलमा उद्धित गर्दै जाने हो भने तर ती सम्पूर्ण नमुनामध्येका एक दुई प्रतिनिधि गजलका यहाँ उल्लेख गरिएको छ । उनी भोलिको आसामा मात्रै बाचेकि छैनन् । अहिले बाचेको समाजसँग पनि विद्रोह गर्नुपर्छ भनेर हुँकार छोडेकी छन् । मसँग मेरी ८९ वर्षिय हजुरआमा हुनुहुन्छ, उहाँले भन्नुहुन्छ हिजोका बुहारीहरूलाई सकस थियो । पधेरामा पानी लिन जाँदा गाग्रो पखाल्छे कि पखाल्दिन भनेर सियो राखेर पठाउथे भनेर । तर आजको समय हिजोको जस्तो छैन त्यसैले उनले नारी भएर पनि क्रान्ति गर्ने हिम्मत बोकेर हिड्छिन र त्यो आफ्नो आक्रोशलाई यसरी वोकेल्छिन् ःमलाई मेरै मनको आकाश हेर्न मन लाग्योजून तारा अक्षर बनाई केर्न मन लाग्यो (पृष्ठ ८१)उनी आफ्नै मनको आकाशमा सयर गर्न चाहन्छिन् किनकि उनलाईकसैको दबाब मन पर्दैन । उनी गजलमा आफ्नो कलमलाई यसरी बगाएकी छ्न । जसबाट उनले देखेको सम्भावनाको विहानीमा रहेको सपना कुनै दिन विपनामा परिणत हुनेछ भनेर संकेत गरेको छ । घरमा जान्छीन आफ्ना लालाबाला देखेपछि गजल लेख्निछन् । कार्यालय आउछिन् त्यहाँको चालचलन देखेर गजल लेख्छिन् । बजार निस्किन्छिन् वर्तमान समयको तालमेल देखेर गजल लेख्छिन् । उनी जहाँ जसरी जे कारणले प्रस्तुत हुँदा पनि देखेका सबै विषय र प्रसङ्गहरू गजल बनेर उदाएका छन् त्यसैले त मनको आकाश खुलेर आयो । जहाँ कुनै बादल लागेको छैन । घरबाट नेता बन्छु भनेर हिडेका दाजुलाई देख्दा उनलाई पीर पर्छ त्यो मात्र हैन हिजो जनताको मुक्तिका लागि लडेका जनमुक्ति सेनाहरूको बसोबासलाई देखेर चोट पर्छ । देशको अस्तव्यस्तता देख्दा भर्खरै क्रान्ति चेतको विगुल बोकेर हिडुँ कि जस्तो जोस् उनमा उर्लेर आउछ र त्यही उर्लेको जोसलाई साहित्यको भाषामा रुपान्तरण गरेर हेर्छिन र मनलाई शान्त बनाउँछिन उनको लेखनी यही नै हो र यसरी नै चलेको छ आजसम्म भने कुरा यस सङ्ग्रहबाट प्रष्ट हुन्छ ।उनले वर्तमानका देखेका कुराहरू लेखेर मनको आकाश त प्रकाशन गरीन तर त्यहाँ सबै राम्रा पक्षहरू मात्र छैनन् उनले सुधार गर्नुपर्ने धेरै कुराहरू छन् । हुन् त आफूलाई यही क्षेत्रको अध्यता बनाएर हिड्नेहरू जिन्दगीको लक्ष्य नै साहित्य बोकेर हिड्नेहरूले प्रकाशन गरेका कृतिहरूमा त विविध सुधार गर्नुपर्ने पक्षहरू देखिन्छन् भने उनको सङ्ग्रहमा देखिएका समस्या अरुका तुलनामा न्यून मानिन्छन् किनकि उनको बहु आयामिकताले त्यस्ता नराम्रा पक्षलाई ओझेलमा पार्छ ।न श्रीमानले कमाएर ल्याएको छ त्यही खर्च गरेर साहित्य साधनामा लाग्छु भन्नु छ । न घरपरिवारमा बन्दोवस्ती छ दुई चार लाख खर्च गरेर चर्चा बटुल्छु भन्नुछ । न त एक कहिनाको घर घरभाडाले किताब निकाल्छु भन्नुछ, न त जिन्दगीको उत्तरार्धमा पुगे अबको बेला साहित्य साधना गरेर बिताउँ भन्नु छ यस्ता चुनौतिको सामना गर्दागर्दा हुर्केका दुई छोरीहरूको सुन्दर भविष्यको कल्पना गर्दागर्दा उदाएकी गजलकार न्यौपानेका केही कमजोर पक्ष भएपनि त्यसलाई सबैले स्वीकार्ने छन् किनकि उनी सुधारिने र सुध्रिने मौका पाएकी छन् र त्यसलाई अनुसरण गर्न पनि उनले जानेकी छन् । सोही कारण केही देखिएका कमजोर पक्षलाई यहाँ उल्लेख गर्नैपर्छ ।उनको गजलमा निरा रानाभाटले स्वर दिएर उनको सांगीतिक गजल पनि बजारमा आइपुगेको छ तर मनको आकाशमा अधिकांश गजलहरू संगीत भर्नका लागि धेरै साधना गर्नुपर्ने देखिएको छ । यस्तै उनले गजलमा विविधता भित्रयाएता पनि काफिया प्रयोगको सन्दर्भमा सचेत हुनुपर्ने देखिएको छ । उनका पृष्ठ १३, र २६ मा, पृष्ठ १३, २६ र २९ मा, पृष्ठ ३९ र ५१, १७ र ६२, ४० र ७२, पृष्ठ १७, ६२ र ८९, पृष्ठ ६२ र ८९, लगायतका गजलहरूमा रहर, प्रहर, जहर, शहर, लहर, ठहर, पा¥यो, मा¥यो, झा¥यो, बा¥यो, हा¥यो, हात, रात, ग¥यौ, प¥यौ, झ¥यौ, त¥यौ, साथ, बात, मात जातजस्ता केही काफियाहरू दोहोरिएका छन् । जुन समस्याहरू आगामी दिनमा सुधार भएर आउनेछन् । यस्तै उनको पृष्ठ २६ र १०३ मा एउटै गजल दोहोरिएको छ । पोखरालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दाको गजल त्यसमा पनि ध्यान पु¥याउन सकेको भए राम्रो हुने थियो ।अन्तमा के भन्न सकिन्छ भने पोखराको गजल वाचनमा उनले नयाँ इतिहास कोरेर छोडेकी मात्र हैन आफूलाई पहिलो दर्जाको नारी गजलकारको रुपमा उभ्याएको आभाष दिलाएकि छन् । त्यो पङ्क्तिकारलाई लागेको मात्र हैन आम सर्जकहरू जसले उनको एकल गजलवाचनमा उपस्थिति जनाए र जसले मनको आकाशमा आफ्नो मन राखेर हेरे त्यहाँ वास्तविकता बोल्ने भनेको त्यही नै हो । नेपाली गजल वाङ्मयको क्षेत्रमा आफ्नो द्रबिलो प्रस्तुती देखाएकी न्यौपानेले आगामी दिनमा आफूलाई थप परिमार्जित र अध्यनशील बनाएर लैजान सकेको खण्डमा सम्भावनाको क्षितिज बिना चाडकी र चाप्लुसी सुनौलो अक्षरले लेखिने कुरामा दुई मत राख्नुपर्ने देखिदैन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment