गोल्डेन न्यूज संवाददाता
भूकम्प पीडितहरुका लागि जोखिमपूर्ण घरहरु भत्काउने र उनीहरुका लागि अस्थायी घरहरु निर्माण गर्ने अभियानमा जुटेको कास्कीको एकीकृत नेकपा माओवादीको टोली कालिका गाँउविकास समितिमा पुगेको छ । जेठ ७ गते कास्कीको माझठाना गाविसवाट सुरु भएको अभियान टोलीमा एकीकृत माओवादी कास्कीका नेताहरु रामजी वराल ‘जीवन’, गंगा पोखरेल, विष्णु पौडेल, विश्वप्रकास लामिछाने, भिमनाथ कुँइकेल, पुस्पराज त्रिपाठी, एकवहादुर काकीै, सुर्य वानिया, भवानी शंंकर बास्तोला, र स्थानीय सहित ५० जना सहभागी छन् । अभियान टोलीले कालिकाको वडा नं सात ठूलाश्वारामा हुकुम विक, मानवहादुर विक, रिता, विक, शेरवहादुर विक, हस्तवहादुर गुरुङको घरको भग्नावशेसहरु हटाएर अस्थायी टहरा निर्माण गरिदिएका छ्न् । टोलीले कालिकाको वडा नं ८ र ९मा पूर्ण क्षति भएका घरहरुको पनी अस्थायी वसोवासका लागी टहरा निर्माण गरेर जेठ १२ गते कास्कीको हंसपुर गाविस तर्फ लाग्ने अभियानको नेतृत्व गरेका माओवादी नेता विश्व प्रकाश लामिछानेले वताए । आपत विपतका वेला सर्वसाधारणका घर घरमा पुगेर जोखिमपूर्ण घरहरु भत्काउने र उनीहरुका लागि अस्थायी वास बनाईदिने एमाओवादी कास्कीको यो अभियानले ढिलैभए पनि पीडितहरुको घाउमा मलम लगाउने काम गरेको छ । खेतीपातीको लागि व्यस्त रहने वेलामा स्थानीयवासिहरु पनि एक भएर यतीवेला भूकम्पको त्रासलाई हटाएर विपत्ति व्यवस्थापनमा जुटेका छन् । गत वैशाख १२ गते गएको विनाशकारी महाभुकंपवाट कालिका गाविसमा रहेका घरहरु तहस नहस भएका छन् । मानवीय क्षति नभएपनि यहाँका कतिपय घरहरु खण्डहरमा परिणत भएका छन भने अधिकांश घरहरु बस्नै नमिल्ने गरि चिरा चिरा परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले दिएको जानकारी अनुसार कालिका गाविसका एक सय १२ वटा घरहरु पूर्णरुपमा क्षति भएका छन । पुराना अनि ढुंगा र माटोले बनेका यहाँका ६५ प्रतिशत भन्दा वढी घरहरु क्षतिग्रस्त भएपनि सरकार र प्रशासनको ध्यान यसतर्फ पुग्न सकेको छैन । महाभूकम्पबाट कालिकाको वडा नं एकमा १२ वटा, दुईमा ८ वटा, तीनमा ६ वटा, चारमा ९ वटा, पाँचमा चारवटा, ६ नम्वर वडामा १५ वटा, सात नंवर वडामा १९ वटा आठ नंवर मा सातवटा र वडा नं ९मा ३२ वटा घरमा पूर्ण क्षति पु¥याएको गाविस सचिव शोभाखर ढकालले बताए ।
Post a Comment