पोखरा उपमहानगरपालिका वडा नं. १८ मनकामना टोलमा रहेको मनोहर युवा क्लबको अध्यक्षमा रामजी जि.सी. सर्वसम्मत चयन भएका छन् । क्लब हालै भएको १२औं साधारणसभा तथा छैटौं अधिवेशनले जि.सी.को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा दीपेन्द्र के.सी., सचिवमा रविकिरण पराजुली, कोषाध्यक्षमा शैलेस बानियाँ र सह सचिवमा मिलन के.सी. सर्वसम्मत निर्वाचन भएका छन् । त्यसैगरी सदस्यहरुमा ईश्वर बानियाँ, नारायण थापा, गणेश के.सी., अमृत के.सी., दीपा थापा र पवित्रा खत्री रहेका छन् । जि.सी.को नेतृत्वको नयाँ कार्य समितिलाई निर्वाचन समितिका संयोजक ललितबहादुर बानियाँले पद तथा गोपनियताको सपथ खुवाएका थिए भने निर्वाचन समितिको सदस्यमा नारायणप्रसाद भण्डारी र सेभन प्रमिला रहेका थिए । निर्वाचित अध्यक्ष जि.सी.ले आगामी दिनमा क्लबको विकाशका लागि टोलमा रहेका संघ संस्थाहरु, क्लबका पूर्व अध्यक्षहरु, सामाजिक व्यक्तित्व र स्थानीय राजनीतिक दलसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नव निर्वाचित अध्यक्ष रामजी जि.सी.को अध्यक्षतामा बसेको पहिलो वैठकले निर्वाचन समितिलाई धन्यवाद दिने निर्णय गरेको समेत सचिव रविकिरण पराजुलीले जानकारी दिए । निर्वतमान अध्यक्ष रेशम जि.सी.को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा कास्कीका जिल्ला अध्यक्ष एवं क्लबका वरिष्ठ सल्लाहकार जे.वी. कुँवरले शुभकामना मन्तव्य सहित कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि कुँवरले आफू पनि यही क्षेत्रको भएको हुँदा क्लबले सामाजिक क्षेत्रमा उत्तरदायी भूमिका खेल्नुपर्ने र समय समयमा क्लबले खेलकुद लगायतका कार्यक्रमको आयोजना गरी यस क्षेत्रलाई अन्य ठाउँमा चिनाउदै क्लबको नाम सधै उच्च राख्न क्लबले गर्ने कार्यक्रममा सधै आफू सँगसँगै हिड्ने बताए । साथै उनले क्लबको स्थापना गर्न तथा यस क्षेत्रको विकास र अन्य संघ सस्थालाई अगाडि बढाउन पनि स्व. क्षेत्रबहादुर के.सी.ले अग्रहणी भूमिका खेलेका हुँदा उहाँलाई क्लबले कहिल्यै विर्सन नहुने बताउँदै आफ्नो तर्फबाट क्लबले गर्ने कार्यक्रमा सधै सहयोग गर्ने प्रतिवदता समेत व्यक्त गरे ।
कार्यक्रममा स्व. क्षेत्रबहादुर के.सी.की धर्मपत्नी सुनिता, के.सी., वडा इकाई १८ का नेपाली काँग्रेसका सभापति बोधबहादुर कार्की, ऐमाओवादीका इकाई अध्यक्ष खड्क बहादुर वि.क., क्लबका सल्लाहकार रोमबहादुर कार्की, क्लबका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारी, टोल विकास समन्वय समिति १८ का अध्यक्ष तोरण खड्का, महिला समन्वय समिति १८ की अध्यक्ष इन्द्रामाया बानियाँ, मनकामना मन्दिर संरक्षण समितिका अध्यक्ष बासुदेव बानियाँ, मनकामना टोल विकास संस्था–१८ का अध्यक्ष रामचन्द्र के.सी., मनकामना टोल विकास संस्था–१४ का अध्यक्ष चेतबहादुर बानियाँ, बोरिङ खानेपानी उपभोक्ता समिति –१८ का अध्यक्ष शिवप्रसाद पोखरेल, समाज सुधार आमा समूहकी अध्यक्ष मोतीमाया अधिकारी, क्लबकी उपाध्यक्ष सविता कार्की लगायतले बोलेका थिए ।
क्लबका सचिव रेवती शर्माले सञ्चालन गरेको कार्यक्रममा सचिव शर्माको प्रतिवेदन र कोषाध्यक्ष हरि जि.सी.को प्रतिवेदन सर्वसम्मत पारित भएको थियो भने प्रमुख अतिथिलाई क्लबका अध्यक्ष रेशम जि.सी.ले मायाको चिनो प्रदान गरेका थिए ।

Post a Comment