
स्याङ्गजा जिल्ला चित्रे भञ्ज्यांग गाबिस र त्यसका वरपरबाट पोखरा आई बसोवास गरेका बासिन्दाहरुको संस्थाचित्रे भञ्ज्याङ्ग पोखरा सम्पर्क मञ्चले गर्ने भनेको बृहत कौरा नाच प्रतियोगिता स्थगन गरिएको छ । मुलुकमा आएको बिनासकारी भूकम्पबाट भएको जनधनको क्षति र त्यसले पारेको मानसिक पीडाको कारण उक्त प्रतियोगिता स्थगित गरिएको जानकारी आइतबार आयोजित एक कार्यक्रममा दिईएको हो । कार्यक्रम स्थगन गरिएको जानकारी दिंदै मञ्चका अध्यक्ष क्या.नरेश थापाले स्थगन भएको कौरा नाचको प्रतियोगिता उपयुक्त समयमा पुनः संचालन गरिने बताए । पोखरामा बसोबास गर्ने तीन सय जना सदस्यहरुलाई लक्षित गरी चित्रेभञ्ज्याङ्ग र स्याङ्गजा जिल्लाकै क्याक्मि गाबिसका बासिन्दा र प्रतिनीधिहरुलाई आफ्नो संस्थाले प्रकाशन गरेको क्यालेण्डर बितरण र भूकम्पबाट आहत भएको खबर आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरेको थियो । आयोजित कार्यक्रमका प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले बिनासकारी भूकम्पले निम्ताएको नेपालीको दुःख र पीडामा हामी सबैजना सहयोगि बन्नु पर्छ भन्दै चित्रेभञ्ज्याङ्ग गाबिसका बासिन्दा र त्यहाँंबाट पोखरा आएर बसेकाहरुका लागि आवश्यक ठानिएका शिक्षा, स्वास्थ्य, कृषि संबन्धी प्रबिधि, परामर्श र तालिम आफू संलग्न संस्थाहरु मार्फत सहयोग गर्ने बताए । संस्थाका सहसचिव तथा साहित्य सर्जक रुद्र सन्देश मगरले बिचबिचमा भूकम्प सम्बन्धी करुणा रसका कबिता सुनाए । क्या.नरेश थापाको अध्यक्षतामा सम्पन्न क्यालेण्डर अनाबरण तथा आहत आदान प्रदान कार्यक्रमा क्याक्मि पोखरा संपर्क मञ्चका अध्यक्ष दलबहादुर श्रेष्ठ, चित्रेभञ्ज्याङ्गका क्या.प्रेमबहादुर थापा, क्या.देवबहादुर थापा मगर, सु.होमबहादुर थापा, ओम बहादुर थापा, अध्यापक कृष्ण शर्मा र कृष्ण राना मगरले समेत बोल्नु भएको थियो भने विद्यार्थी निशा आले मगर लगायतका विद्यार्थीहरुले आफ्नो कला प्रदर्शन गरेका थिए ।
Post a Comment