नेपाल रेडक्रम सोसाइटी कास्की शाखाले भुकम्प पीडितका नाममा विभिन्न व्यक्ति र संस्थाबाट संकलित नगद र राहत सामाग्री वितरणमा अनियमितता गरेको भएपनि पछिल्लो समयमा त्यसमा कमि आएको छ । कास्की रोडक्रसले वैशाख १२ को भुकम्पका कारण पडित बनेकाहरुलाई राहत वितरण गर्ने त्रममा वैशाख १३ देखि २४ सम्म १५ लाख ६५ हजार रुपैयाँ खर्च गरेको थियो । त्यसपछि विभिन्न क्षेत्रबाट रेडक्रसमा अनियमितता भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयले छानविन शुरु गर्नुका साथै गोल्डेन न्यूज दैनिकमा राहत रामाग्री वितरणमा कास्की रेडक्रसबाट अनियमितताको आशंका व्यक्त गर्दै समाचार प्रकाशन भएको थियो । त्यस लगत्तै कास्की रेडक्रसले आफूले संकलन गरेको रकम जथाभावी खर्च गर्न छाडेको छ । सोसाइटीको कास्की शाखाले हालसम्म विभिन्न व्यक्ति र संस्थाबाट २२ लाख ४९ हजार ३ सय ९४ रुपैयाँ संकलन गरेको र १६ लाख ४३ हजार ३३६ रुपैयाँ खर्च गरेको विवरण मंगलबार सार्वजनिक गरेको छ । यी विवरणलाई हेर्दा कस्की रेडक्रसले शुरुको ११ दिनमा १५ लाख ६५ हजार खर्च गरेकोमा त्यसपछिका ६ दिनसम्ममा जम्मा ७७ हजार रुपैयाँमात्र खर्च भएको छ । समाचारलाई लिएर विभिन्न क्षेत्रबाट कास्की रेडक्रस समक्षा गुनासो बढेपछि सोही दिनदेखि नै संकलित रकमको खर्चमा कटौती हुनुका साथै विभिन्न जिल्लामा वितरण गरिने त्रिपाल लगायतका खाद्य सामाग्रीको विवरण पनि पारदर्शी बन्न थालेको छ । कास्की रेडक्रसंग सम्बन्धित एक सदस्यका अनुसार २४ गते अगाडि व्यक्ति र संस्थाले दिएको नगद तत्कालै खर्च गरिएको भनि बिल भर्पाइ कार्यालयमा हिसाव मिलान गरिन्थ्यो तर त्यसपछिका दिनमा भने संकलित रकम खर्च गर्न कास्की रेडक्रसको नेतृत्व डराएको छ । कास्की रेडक्रसका मन्त्री कृष्णप्रसाद तिमिल्सिनाले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै भुकम्पपछि केही दिनसम्म संस्थाले योजना बनाएर काम गर्न नसकेको स्वीकार गरे । उनले त्रिपाल बाहेक चाउचाउ, विस्कुट तथा खाद्यान्न सामाग्री समेत कास्की रेडक्रसको तर्फबाट किन्न आवश्यक नरहेको भएपनि त्यस्ता सामान खरिद गरेर कास्की रेडक्रसले गल्त गरेको बर्तए । रेडक्रसले विस्कुट, चामल, दाल, चाउचाउ, तेल, आलु जस्ता सामाग्रीको खरिदमा मात्रै पनि २ लाख रुपैयाँ भन्दा बढी खर्च गरेके विवरण सार्वजनिक गरेको छ । जबकि दैवी प्रकोप उद्धार समिति कास्कीले खाद्यन्न सामाग्री पर्याप्त मात्रामा व्यक्ति र संस्थाबाट निःशुल्क रुपमा प्राप्त भएकोले भुकम्प पीडितलाई सहयोग गर्न चाहनेले नगद या त्रिपाल दिन आग्रह गरेको थियो । यसैगरी कास्की रेडक्रसले वितरण गरेको त्रिपालका बारेमा पनि विभिन्न क्षेत्रबाट व्यक्त गरिएको आशंका लाई रेडक्रसको विवरणले मेट्न सकेको छैन । कास्की रेडक्रसले वशाख २३ गतेसम्म मा २ हजार ३३ थान त्रिपाल कास्की जिल्ला बाहिर वितरण गरेको विवरण सार्वजनिक गरेको थियो । त्यसपछि रेडक्रसले अन्य जिल्लामा त्रिपाल वितरण नगरेको भएपनि मंगलबार सार्वजनिक गरिएको विवरणमा कास्की जिल्ला बाहिरमात्रै ३ हजार १ सय ४५ थान त्रिपाल वितरण गरिएको दावी गरिएको छ । कास्की रेडक्रसका दण्डराज पौडेलका अनुसार पनि वैशाख २४ पछि कास्की जिल्ला बाहिर त्रिपाल पठाइएको छैन । अन्य केही संस्थामार्फत कास्की रेडक्रसको अन्य राहत सामाग्री पठाएको तर त्रिपाल भने नपठाएको पौडेलले बताए । त्रिपाल खरिदमा कास्की रेडक्रस भित्र अनियमितता भएको भन्ने आशंकालाई विवरण मिलाउने क्रममा भइरहेको संशोधनले समेत पुष्टि गरेको बताइन्छ ।कास्की रेडक्रसमा वैशाख २४ गतेसम्म १६ लाख ७५ हजार ५ सय ३० रुपैयाँ संकलन भएकोमा १५ लाख ६५ हजार ६६८ रुपैयाँ खर्च हुँदा बचत करिब १ लाख रुपैयाँमात्रै थिये वैशाख २७ गतेको विवरणमा १८ लाख ८३ हजार, ७२८ रुपैयाँ संकलन र्भएकोमा १६ लाख २ हजार आठ सय ८६ रुपैयाँमात्र खर्च भएको छ । वैशाख २९ गते सार्वजनिक गरेका विवरण अनुसार करिब २२ लाख ५० हजार रुपैयाँ संकलन भएकोमा १६ लाख ४३ हजारमात्र खर्च भएको उल्लेख छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» विवरण संशोधन गर्दै कास्की रेडक्रस , समाचार छापिएपछि खर्चमा कटौती
Subscribe to:
Post Comments (Atom)
Post a Comment