उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर दोलखाको सुनखानी क्षेत्रबाट मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएको छ । मध्यान्हको भूकम्पपछि बढी क्षति भएको सुनखानी पुगेको यूएनएच–१–हुवे हेलिकप्टर दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा कम्तिमा एक नेपाली र दुई अमेरिकी नागरिक रहेको उच्च स्रोतले जनाएको छ । नेपाली सेनाको उच्च स्रोतले हेलिकप्टर सम्पर्कविहीन भएको पुष्टि गरेको छ । सेनाले हराएको हेलिकप्टर खोज्न अमेरिकी सेनाको अर्को हेलिकोप्टर गएको तर फेला पार्न नसकेको जनाएको छ । त्रिभूवन विमानस्थलका कामु प्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले उद्धार र राहतका हेलिकप्टरको संयोजन गरिरहेको नेपाली सेनाले सम्पर्कविहीन हेलिप्टरबारे विमानस्थललाई कुनै जानकारी नदिएको बताए । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले पनि उद्धारका लागि गएको उक्त हेलिकप्टर राति १० बजेसम्म सम्पर्कमा नआएको बताए । उनले पछिल्लोपटक ३ः२५ मा सम्पर्कमा आएको बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment