पोखरामा पहिलो पटक समुदायमा आधारित ज्येष्ठ नागरिक सेवा केन्द्र खुलेको छ । ज्येष्ठ नागरिक कल्याण समिति कास्कीको आयोजनामा स्थापना गर्न लागिएको सेवा केन्द्रको सम्पर्क कार्यालय पोखराको न्यूरोड आदर्शचोकमा रहेको छ । ‘हामीले खोल्ने सेवा केन्द्र सेवामुखी रहेको न कि ब्यापारमुखी हो ।’ सम्पर्क कार्यालय स्थापना र दिवा सेवा कार्यक्रम बारे गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर अमृत घिमिरेले भने । स्थानीय स्पर्श आयुर्वेद अस्पतालको सभा कक्षमा सम्पन्न कार्यक्रममा डाक्टर घिमिरेले दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकहरुले शारीरिक, मानसिक स्वास्थ्य परीक्षण, मनोवैज्ञानिक उपचार एवं परामर्श, ज्येष्ठ नागरिकका परिवार संग मनोपरामर्श, मनोरञ्जन, भजन किर्तन, र शिप हस्तान्तरण सम्बन्धी कार्यक्रम संचालन गरिने छ । दिनभर काम नभएर दिन काट्न मुश्किल परेका ज्येष्ठ नागरिकहरुको सम्मान र सकृयताका लागि यस्तो कार्यक्रम फलदायी हुने कुरा ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष तथा पोखरा बृद्घाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले कार्यक्रममा बताए । कल्याण समितिको मूख्य उद्देश्य बारे प्रकाश पार्दै उक्त संस्थाका उपाध्यक्ष राम बहादुर थापाले संस्थाले ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवाका अतिरिक्त सशुल्क आवासीय सुबिधा समेत प्रदान गर्ने छ । कामकाजी छोराछोरी र घरका परिवार हुनु बाध्यता भएको हुंदा आय आर्जनमा लाग्ने कुनै पनि परिवारका ज्येष्ठ नागरिकहरु यहां बस्न सक्ने बताईन्छ । कार्यक्रममा आफ्नो राय ब्यक्त गर्दै पोखरा उपत्यका नगर बिकास समितिका पूर्व अध्यक्ष तथा ज्येष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष दुर्गा तिमिल्सिनाले यस प्रकारका सेवाहरुको लागि सरकारले समेत सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा संस्थाको भावी कार्यहरु कस्तो हुनु पर्ला भनेर सोधिएको र आवश्यक परामर्श एवं सल्लाह मागिएको थियो । कार्यक्रमलाई सुझाव दिने हरुमा पे्रस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, आल्मण्ड प्रोजेक्टका अध्यक्ष दलबहादुर शेरचन, विश्वहिन्दु महांसंघका केन्द्रीय उपाध्यक्ष वेदनीधि शर्मा, सृजना बहिरा उच्च मा.बि.का भीम सुबेदी, निबृत्त शिक्षक समुदायका अध्यक्ष तोयनाथ लामिछाने, समाज सेवी जुद्घ बीर गुरुङ्ग, शंकर देवकोटा, जगन्नाथ पगेनी, पोखरा उपमहानगर पालिका टोल समन्वय समितिका उपाध्यक्ष उत्तम जोशी, उप–प्राध्यापक उदय बहादुर अमात्य लगायतकाले कार्यक्रम सान्दर्भिक रहेको बताएका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» पोखरामा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना
Subscribe to:
Post Comments (Atom)
Post a Comment