0
गोल्डेन न्यूज संवाददात
जनकल्याण समिति युवा विकास उपसमिति सिद्धकालिका स्थान काहुँखोलको १० औ अधिवेशन शनिवार सम्पन्न भयो । यूवा व्यवसायी तथा पत्रकार शोभाकान्त सिग्देलले अधिवेशनको उद्घाटन गर्दै युवाहरुले सूचना लिएर समाजमा ज्ञान छर्दै गएमा समाज परिवर्तनमा सहयोग पुग्ने वताए । यूवाहरुले समाज र संघ संस्थामा प्रेमको भावना राखेमा आदर र अनुशासन वातवरण स्वत सिर्जना हुने सिग्देलको जोड थियो । जनकल्याण समितिका अध्यक्ष लोकवहादुर कार्कीले सयौं यूवाहरु सामाजिक कार्यमा हिड्नाले समाजमा सकारात्मक सन्देश गएको वताए । जनकल्याण समितिका  पूर्व अध्यक्ष तथा प्रा.तारा वरालले यूवाहरुलाई समय अनुसार चल्नको लागि स्वदेशी तथाविदेशी तालिम लिनको लागि  सहयोग गर्न तयार रहेको वताए ।  त्यसैगरी सोही दिन भएको १० औं अधिवेशनले जयराम सुवेदीको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमिति चयनमा समितिका सल्लाहकार तथा समाजसेवी युवराज त्रिपाठीले सहज रुपमा चयन गर्ने वातवरण वनाएका थिए । समितिको प्रथम सह संयोजकमा बिनोदराज आचार्य, द्धित्तिय सह संयोजकमा अमृता भट्टराई, सचिवमा कृष्ण आचार्य र  कोषाध्यक्षमा स्वतन्त्र गौतम चयन भएका छन् । त्यसैगरि  सदस्यहरूमा क्रमशः रबि बराल, एन्जिला गौतम, मोनिका कार्की, लक्ष्मी भट्टराई, बिष्णु दाहाल र सुनिता बराल रहेका छन । जनकल्याण समिति यूवा विकास उपसमितिका संयोजक सन्तोष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जनकल्याण समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद आचार्य, समितिका सल्लाहकार तथा कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लि.का गोविन्दप्रसाद आचार्य, पूर्व नेपाल सरकारका सचिव कृष्णप्रसाद भण्डारी,  प्रथम उपाध्क्षय रामबहादुर के.सी. साहित्यकार कपिल शर्मा संजोक, जनकल्याण समिति युवा विकास उपसमितिका कोषाध्यक्ष कृष्णप्रसाद आचार्य, सदस्य जयराम  सुवेदी र सदस्य अमृता भट्टराई लगायतले वोलेका थिए भने कार्यक्रमको संचालन युवा विकास उपसमितिका निवर्तमान संयजोक सचिव कुमार के.सी.ले गरेका थिए ।

Post a Comment

 
Top