अखिल नेपाल महिला संघ कास्की जिल्ला समितिको अध्यक्ष मञ्जु गुरुङ्गको अध्यक्षतामा अखिल नेपाल महिला संघ कास्की जिल्ला समितिको विस्तारित वैठक सम्पन्न भएको छ । भूकम्पबाट प्रभावित क्षेत्रमा राहत र पुनः स्थापनाको लागि नेकपा एमालेद्वारा संचालित स्वयंसेवक परिचालन अभियानमा अनेम संघ कास्कीबाट सेती माया गुरुङ्ग र दुर्गा नेपाल सहभागी हुने भएको छ । बैठकले नेपाली महिलाहरुको अस्मिता माथि धावा बोल्ने सिके राउतलाई कडा भन्दा कडा कार्वाहीको माग गरेको छ । बैठकमा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य सृजना शर्मा, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य एवं गण्डकी अञ्चल संयोजक मित्र कुमारी गुरुङ्ग सुवेदी, नेकपा एमाले कास्की जिल्ला अध्यक्ष कृष्ण थापा, नेकपा एमाले जिल्ला सचिव दामोदर पौडेल लगायतले बोलेका थिए । संघले जेठ ८ गते देशव्यापी रुपमा मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा कास्की जिल्ला समितिले भूकम्पमा परि घाइते भई उपाचारका लागि गण्डकी मेडिकल कलेजमा भएका विरामीहरुलाई फलफूल किनेर खानाको लागि नगद र सुत्केरी महिला र सुत्केरी हुनेवाला महिलाहरुलाई कपडा दिएर उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment