0
ामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरलाई फोटोकपी मेशिन प्रदान गरेको छ । सामुदायिक केन्द्रले अपराध न्यूनिकरण र सामाजिक सुधारको लागि सम्पादन गरेका गतिविधीलाई बल पु¥याउन संघले सो सहयोग गरेको हो । सामुदायिक केन्द्रले बुधबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा संघका अध्यक्ष तथा प्रमुख अतिथि विन्दुकुमार थापाले सामुदायिक सेवा केन्द्रकी अध्यक्ष जीवन अधिकारीलाई फोटोकपी मेसिन हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै संघका अध्यक्ष थापाले पोखरालाई लगानी मैत्री सहरको रुपमा विकास गर्ने संघको लक्ष्य रहेको बताउँदै सो कार्यको लागि पहिलो सर्त शान्ति सुरक्षा नै भएको प्रष्ट पारे । सामुदायिक सेवा केन्द्रले सम्पादन गरेका कार्यक्रमहरुले समाजमा अपराध न्यूनिकरण गर्न  एवं सभ्य समाज निर्माण गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै उनले त्यस्ता गतिविधि हरुलाई सघाउन सबै पोखरेलीसँग आग्रह पनि गरे । विशेष अतिथि सामुदायिक सेवा केन्द्र समन्वय समिति कास्कीका अध्यक्ष विष्णु बहादुर भट्टराईले सामुदायिक सेवा केन्द्र भनेको समाजकै सेवाको लागि क्रियाशिल संस्था भएको बताए । वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक अमरबहादुर थापाले नागरिक समाजको सहयोगले नै अपराध नियन्त्रण गर्न सकिने धारणा राखे । सामुदायिक सेवा केन्द्र बगरकी पूर्व अध्यक्ष सीता गुरुङले नागरिक समाजले गलत गतिविधि मा संलग्नहरुबारे जानकारी नदिँदा अपराध बढेको धारणा राखिन् । सामुदायिक सेवाकेन्द्र बगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव गिरीप्रसाद गुरुङ, भूपू सैनिक क्लवका अध्यक्ष गंगाबहादुर गुरुङ, टोल विकास समन्वय संस्था वडा नं १ का अध्यक्ष ईश्वरीलाल श्रेष्ठ , ईन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, नेपाली काँग्रेस वडा नं १ इकाईका अध्यक्ष टंकनाथ पौडेल, लेखनाथ सामुदायिक केन्द्रका अध्यक्ष ईश्वरी अधिकारी, महिला मैत्री आमा समूहकी अध्यक्ष ज्ञानु रावत लगायतले मन्तव्य राखेका थिए ।  उनले सो अवसरमा आफ्ना पिता शुकबहादुर गुरुङको स्मृतिमा छोरीहरुले सामुदायिक सेवा केन्द्र बगरलाई ५ हजार नगद प्रदान गरेका थिए ।

Post a Comment

 
Top