0
पोखराको समग्र विकासका लागि पोखरा उद्योग वाणिज्य संघको मौजुदा विधान संशोधन अपरिहार्य रहेको बुधबार पोखरामा आयोजित भएका कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको विधान संशोधनबारे छलफल गर्न बुधबार बसेको संघका पदाधिकारी, विधान संशोधन मस्यौदा उपसमिति एवं बस्तुगत संघका प्रतिनिधीहरुको बैठकले परिवर्तित अवस्थामा संघको दायरा फराकिलो बनाउन विधान संशोधन अपरिहार्य रहेको बताएका हुन् । संघले आफ्नो मौजुदा बिधान–२०५० संशोधनको लागि यही वैशाख २६ गते विशेष साधारणसभाको आह्वान गरेको छ । संघले विधान संशोधनको लागि संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेको संयोजकत्वकमा विधान संशोधन मस्यौदा उपसमिति समेत गठन गरिसकेको छ । बुधबार बसेको सरोकारवालाको बैठकमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले संघले हालसम्म सम्पादन गरेका कामहरुको बारेमा जानकारी दिँदै विधान संशोधनको एजेण्डामा सघाउन सबै सदस्यहरुसँग आग्रह गरे । उनले करिब २४ सयको हाराहारीमा सदस्य रहेको संघको दायरालाई अझ फराकिलो बनाउन पनि विधान संशोधन आवश्यक भएको बताए । उनले संघलाई अब कसरी अगाडि बढाउने र विधानमा के कस्ता प्रावधान समावेश गर्ने भन्नेबारे राय सुझाव दिन पनि सदस्यहरुलाई आह्वान गरे ।
 विधान संशोधन मस्यौदा उपसमितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेले संघका सदस्य तथा वस्तुगत संघहरुले दिने सुझावकै आधारमा विधान संशोधन हुने स्पष्ट पारे । बैठककमा सहभागी विधान संशोधन उप–समितिमा सहसंयोजक नारायण कोइराला, समितिका सदस्य तथा अधिकृत बिक्रेता संघ कास्कीका अध्यक्ष सुरेशराज अधिकारी, टानका अध्यक्ष रामचन्द्र शर्मा, कस्मेटिक व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद बास्तोला, सिटी रेवानका अध्यक्ष केपी शर्मा, कपडा व्यवसायी एशोसिएशनका  निवर्तमान अध्यक्ष प्रेमबहादुर भुजेल, खुद्रा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष चूडामणि अधिकारी, पश्चिमाञ्चल डिलर्स एशोसिएनका अध्यक्ष तथा विधान संशोधन मस्यौदा उपसमितिका सदस्य माधवप्रसाद पौडेल, लामाचौर व्यापारिक एशोसिएशका अध्यक्ष गिरिधारी शर्मा, फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष गिरिधारी अधिकारी लगायतले विधान संशोधन अपरिहार्य भएकोले  सबैले सघाउनुपर्ने धारणा राख्दै मस्यौदामा संलग्न गराउनु पर्ने विषयहरुबारे पनि बुँदागत रुपले सुझाव दिएका थिए ।

Post a Comment

 
Top