0
राप्रपा नेपालको केन्द्रीय कार्यक्रम अनुसार केन्द्रीय प्रशिक्षण कार्यक्रम बुधबार पोखरामा सम्पन्न भयो । प्रत्येक गाउँदेखि वडासम्म राप्रपा नेपाल भन्ने राष्ट्रिय अभियान अन्तर्गत एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा नेपालका सह–अध्यक्ष केशर बहादुर विष्टले अब शहरमा मात्र केन्द्रीत नभइ गाउँ गाउँ, वडा वडामा राप्रपा नेपालको संगठन मजवूत हुने बताए । नआत्तिइकिन वडा वडामा पार्टीको संगठनलाई अझ मजवूत बनाउन सबै कार्यकर्ताहरु एकजुट भएर अगाडि बढ्नु पर्ने उनले बताए ।        पार्टीका महामन्त्री चन्द्र बहादुर गुरुङ्गले देश राष्ट्रिय संकटमा परेको यस घडीलाई मध्यनजर गर्दै राष्ट्रियता बचाउने सवालमा वडा वडामा संगठन मजवुत भएर बताए । राष्ट्रियता जोगाउने सवालमा अब जनताले यस पार्टीलाई वैकल्पिक शक्तिको रुपमा लिने बताए । कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य कुल बहादुर गुरुङ्ग कुलु, रमेश बहादुर भट्टराई, रोमबहादुर भण्डारी, डा.भीमसेन गुरुङ्ग, शिव कुमार बाँस्तोला, पार्टीका सल्लाहकार देविजंग गुरुङ्ग, लक्ष्मण कार्की, नारायण गुरुङ्ग, घनश्याम गौतम, कास्कीका उपाध्यक्ष नेत्र बहादुर बस्नेत, भोलाजंग सुवेदी, प्रेम मल्ल, कोषाध्यक्ष धर्मेन्द्र थापा, सहसचिव रञ्जना सेन लगायत निर्मल खत्री, हरि जिसी, क्षेत्रीय अध्यक्ष कृष्ण बहादुर अधिकारी, राष्ट्रिय पत्रकार संघका अध्यक्ष सूर्य बाँस्तोला लगायतका नेता तथा कार्यक्रकर्ता को बृहत् उपस्थिति रहेको थियो ।
जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय अध्यक्ष गीता गुरुङ्गले गरेकी थिइन् भने कार्यक्रमको संचालन प्रशिक्षण विभाग सदस्य बरुण विक्रम राणाले गरेका थिए ।

Post a Comment

 
Top