क्रान्तिकारी पत्रकार संघ, नेपाल कास्की शाखाद्वारा स्थापित तथा सञ्चालित ‘थमन–महेश स्मृति पत्रकारिता पुरस्कार २०७२’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्रप्रसाद भट्टलाई प्रदान गरिने भएको छ । क्रान्तिकारी पत्रकार संघ कास्कीको बुधबार बसेको बैठकले पुरस्कार छनौट समितिले सिफारिस गरेको भट्टको नाम अनुमोदन गरेको हो । पुरस्कृत हुने भट्ट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् । दुई कार्यकाल महासंघको केन्द्रीय सदस्य बनेका भट्ट नेपाल पत्रकार महासंघ कास्कीका शाखाका पूर्व सदस्य र कोषाध्यक्ष पनि हुन् । २०५२ सालमा जनादेश साप्ताहिकबाट पत्रकारिता शुरु गरेका भट्ट हाले पोखराबाट प्रकाशित हुने आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक र साझा पोष्ट दैनिकमा आबद्ध छन् । पत्रकार सहिद थमन परियार र महेश पहारीको स्मृतिमा स्थापित पुरस्कारको राशि २५ हजार एक रुपैयाँ र सम्मान पत्र रहेको छ । पुरस्कार कृष्ण सेन इच्छुकको स्मृति दिवसको अवसरमा जेठ १३ गते प्रदान गरिनेछ । यसअघि कोमलनाथ बराल संयोजकत्वको छनौट समितिको बुधबार बसेको बैठकले भट्टलाई पुरस्कार दिन सिफारिस गरेको थियो । छनौट समितिमा अग्रज पत्रकार विश्वप्रकाश लामिछाने, क्रान्तिकारी पत्रकार संघका कास्की संयोजक त्रिभुवन पौडेल, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य गोमा घिमिरे ‘रुची’ र बेदनिधि तिमिल्सना रहेका थिए । जनयुद्धका क्रममा जनपक्षीय पत्रकारिता गर्दा गर्दै आफ्नो जीवन उत्सर्ग गरेका थमन परियार र महेश पहारीको स्मृतिमा क्रान्तिकारी पत्रकार संघ कास्कीले आफ्नै पहलमा पुरस्कारको स्थापना गरेको हो । उक्त पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार कोमलनाथ बराल र महेश दाहाल सम्मानित भईसकेका छन् ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» थमन–महेश पत्रकारिता पुरस्कार भट्टलाई
Subscribe to:
Post Comments (Atom)
Post a Comment