स्याङ्गजा जिल्लाको पञ्चमूल गा.वि.स.वडा नं.९ माझकटेरी (माझु) मा रहेको सिद्धार्थ युवा परिवारले नव वर्षको अवसरमा अन्तर क्लव स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । खेलकुदको माध्यमबाट युवाहरुबीच आपसी भातृत्वको भावना विकास गर्ने र स्थानीय स्तरमा भलिबल खेलको विकास गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको सिद्धार्थ युवा परिवारका अध्यक्ष धनराज गुरुङ्गले बताए । पञ्चमूल र छिमेकी गा.वि.स.रापाकोट, दरौं, आरुचौर, चिलाउनेबासमा रहेका १६ वटा युवा क्लवको सहभागिता रहेको सो प्रतियोगितामा कालिका क्लव रापाकोट प्रथम, आयोजक सिद्धार्थ युवा परिवार द्वितीय र दरौं युवा क्लवले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । सफल टिमलाई माझकटेरी आमा समूहकी अध्यक्ष पार्वती गुरुङ्गले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । जनहित मावि राजास्वाँराको खेलमैदानमा संचालन गरिएको उक्त प्रतियोगिताको मुख्य प्रायोजन माछापुच्छे« टायर रिसोलिङ्ग पोखराका प्रोप्राइटर अशोक कुमार गुरुङ्ग रहेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment