पोखरा उपमहानगरपालिका वडा नं. ६ स्थित शान्ति राणाको जग्गा किर्ते गरी विक्री गर्ने कार्यमा संलग्न ७ जनालाई कास्की जिल्ला अदालतले करिब डेढ करोड रुपैयाँ जरिवाना गर्नुका साथै कैद सजायँ सुनाएको छ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधिश पुरुषोत्तम प्रसाद ढकालको इजलासले गरेको फैसला अनुसार भरतपुर नपा चितवन घर भई हाल अमेरिका बस्ने शान्ता राणाको पोखरा–६ लेकसाइडस्थित कित्ता नम्बर १६८ को १४ आना जग्गा नुवाकोट ककनीकी आशामाया लामासहित ७ जनाले किर्ते गरी विक्री गरेकोले उनीहरुलाई कैद तथा जरीवाना गरिएको हो । वि.सं. २०६८ सालमा निज आशामाया लामाले आफू शान्ति राणा बनेर नागरिकता बनाई बविता कार्कीलाई जग्गा बेचेकी थिइन् । अदालतले मुख्य अभियक्तु लामालाई ६ वर्ष कैद र ५६ लाख जरीवानाका साथै रामचन्द्र भण्डारीलाई ३ वर्ष कैद र ३५ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, ईश्वरबहादुर कार्कीलाई १ वर्ष कैद र ३५ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ जरीवाना गर्ने फैसला अदालतले गरेको छ । यसैगरी कास्की जिल्ला अदालतले सोही कार्यमा संलग्न पिताम्बर भण्डारीलाई पनि १ वर्ष कैद र ३५ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ जरीवाना, डिल्लीरमण पौडेल र भोजराज भण्डारीलाई ६ महिना कैद र जनही ५ हजार तथा सुष्मा लामालाई २ महिना कैद र १ लाख रुपैयाँ जरिवाना फैसला गरेको छ । प्रहरीका अनुसार २०६८ असोज ५ मा पहिलो पटक नक्कली शान्ता (आशमाया लामा नुवाकोट, ककनी १) ले पोखरा, १२ की बबिता कार्कीलाई ७० लाख रुपैयाँमा बिक्री गरेको उक्त जग्गा कित्ताकाट गरि २०६८ मंसिर २५ मा कास्की दाङसिङ, ७ का चन्द्रबहादुर गुरुङ र माघ ३ गते पाल्पा भैरवस्थान, ५ का निर्मल गौतमलाई १ करोड २५ लाख रुपैयाँमा बिक्री गरेकी थिइन् । यतिबेला उक्त क्षेत्रमा प्रतिहात करिब १० लाख रुपैयाँसम्ममा कारोबार भएकाले राणाको ३० हात मोहडाको जग्गाको मूल्य करिब ३ करोड पर्छ । प्रहरीले ठगीमा संलग्न आरोपमा पोखरा, ६ का तत्कालीन वडासचिव भिमदेव शर्मा, पहिलोपटक जग्गा किन्ने बबिता कार्की उनका श्रीमान ईश्वर, आशमाया, उनकी छोरी सुष्मा, राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखाका कर्मचारी अनिल खनाल र मध्यस्थकर्ता भई आर्थिक लाभ लिने रामचन्द्र भण्डारी र पीताम्बर भण्डारीलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । शान्ति राणाको जग्गा किर्ते गरि विक्री गरेको सम्बन्धी मुद्धाको फैसला ३ वर्षपछि भएको छ । यो मुद्धामा अर्काको जग्गा किर्ते गरि विक्री गर्नका लागि आवश्यक कागजपत्र तयार गरेको आरोप लागेका कर्मचारीहरुलाई भने अदालतले सफाइ दिएको छ । जसअनुसार पोखरा उपमहानगरपालिकाका कानून अधिकृत नारायणप्रसाद शर्मा, पोउमनपा वडा नं. ६ का तत्कालिन वडा सचिव भिमदेव शर्मा, मालपोत कार्यालय कास्कीका अधिकृत शालिकराम ढकालका साथै मालपोत कार्यालयका अन्य कर्मचारीलाई पनि अदालतले सफाइ दिएको छ । यसरी सफाइ पाउनेहरुमा तीर्खराम अर्याल, कर्णबहादुर थापा, केशवराज सुवेदी, लक्ष्मी पौडेल, लालु प्रसाद सुवेदी, लोकराज गिरी, अनिल खनाल, चन्द्रबहादुर गुरुङ, बविता कार्की, निर्मल गौतम, बुद्धिबहादुर कार्की समेत रहेका छन् ।
Home
»
Flash
»
घटना
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» किर्तेगरि अर्काको जग्गा बेच्ने सात जनालाई कैद र डेढ करोड जरीवाना पोउमनपा र मालपोतका कर्मचारीलाई सफाई
Subscribe to:
Post Comments (Atom)
Post a Comment