एमाओवादीका सचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले सहमति र सहकार्यबाट मात्र नेपालको संविधान बन्न सक्ने बताएका छन् । लेखनाथ–१२ ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालयको चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले एमाओवादीको साथ र सहमति नभइकन सविधानको सपना नदेख्न समेत चेतावनी दिए । कार्यक्रममा अखिल क्रन्तिकारी केन्द्रीय अध्यक्ष रमेश मल्लले विद्यार्थी एकता र अधिकारलाई सविधानमा समेत स्थान दिनुपर्नेमा जोड दिए । शान्तिका प्रतिकको रुपमा रहेका विद्यार्थीलाई आन्दोलनमा जान नदिने वातावरण यो सरकारले बनाउन नसकेको उनले आरोप लगाए । यसैगरी सम्मेलनले आगामी कार्यकालको नयाँ नेतृत्वमा वावुराम दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुराज घिमिरे, विकल सुनार, साजन पन्त, विकास गायक, द्रोण खत्री रहेका छन् । कमिटीको सचिवमा सौरव रावल, सहसचिवमा रामचन्द्र केसी, कोषाध्यक्षमा जयन्ती जोशी रहेका छन् । अखिल क्रन्तिकारी पोखरा विश्वविद्यालयका अध्यक्ष रविन्द्र रोकायको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन विकास गायकले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment