अन्नपूर्ण हिमश्रृंखलामा २०६९ बैशाख २३ गते गएको हिउँ पहिरोबाट सेती नदीमा आएको बाढीका कारण माछापुच्छे« र सार्दीखोला गा.वि.स.को सिमानामा पर्ने खारापानी क्षेत्रमा भएको धनजनको क्षतिबाट प्रभावित अति विपन्न परिवारका बालबालिकाहरुको सहयोगार्थ स्थापित हेरालो दैवी प्रकोप शैक्षिक राहत कोषले छात्रवृत्ति रकम वितरण गरेको छ । जिबीएनसी बोस्टोन फ्रेण्डस् अफ पोखरा युएसए, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जर्मनी, कस्केली समाज बाल्टिमोर अमेरिका, रामबजार सोसाइटी युके समेतका विदेशमा रहेका नेपाली तथा नेपाली संघसंस्थाको सहयोग रकमलाई अक्षयकोषमा राखी प्राप्त ब्याजबाट छात्रवृत्ति वितरण गरिएको हो । सो अक्षयकोषको रकम हालसम्म रु.९ लाख ५० हजार रहेको छ । हेरालो प्रतिष्ठान कास्कीले कार्यान्वयन उपसमिति गठन गरी संस्थागत रुपमा यसको संचालन, रेखदेख गरेको छ । जि.वि.स.कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको प्रमुख आतिथ्यतामा जिविस हल कास्कीमा शैक्षिक सत्र २०७० को छात्रवृत्ति वितरण कार्यक्रममा कास्कीका विभिन्न विद्यालयमा अध्यापनरत प्रावि स्तरका ६ जना, निमावि स्तरका ३ जना र मावि स्तरका ३ जना गरी जम्मा १२ जना छात्रछात्राहरुलाई ६६ हजार ८ सय रुपैयाँ नगद वितरण गरिएको थियो । प्रावि, निमावि र मावि स्तरमा क्रमशः प्रति विद्यार्थी ४ हजार, ६ हजार र ८ हजारका दरले प्रमुख अतिथि स्थानीय विकास अधिकारी तारानाथ अधिकारीबाट वितरण गरिएको थियो । उपसमिति संयोजक निरज थापाले कार्यक्रमबारे जानकारी दिनुभएको थियो भने कार्यकारिणी उपाध्यक्ष गणेश बराइलीले स्वागत र संचालन उपसमिति सचिव यमबहादुर रानाभाटले गरेको कार्यक्रमको अध्यक्षता हेरालो प्रतिष्ठान कास्कीका अध्यक्ष रोश गुरुङ्गले गरेका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» हेरालो शैक्षिक राहत कोषद्वारा छात्रवृत्ति वितरण
Subscribe to:
Post Comments (Atom)
Post a Comment