कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान), कास्कीको आयोजनामा पोखरामा सोमबारदेखि कम्प्युटर हार्डवेयर तालिमको उद्घाटन गरिएको छ । सीप विकास तालिम केन्द्र र स्किल नेट प्रा.लि.को तत्वावधानमा सुरु तालिमको सीप विकास तालिम केन्द्रका प्रमुख तिलकराज रिजालले उद्घाटन गरे । उनले दिलोज्यान दिएर तालिम सिक्न सुझाव दिदै यहाँबाट उत्पादित प्रशिक्षार्थीहरुलाई आगामी दिनमा सरकारी तथा गैरसरकारी निकायहरुमा रोजगारका अवसरहरु सिर्जना गर्न सकिने बताए । क्यान कास्कीका अध्यक्ष गुणनीधि पाण्डेको अध्यक्षतामा भएको समारोहमा क्यानका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष चण्डिप्रसाद अर्यालले विद्यार्थीलाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन महासचिव रुक्मागत भण्डारी ‘विश्वास’ले गरेका थिए भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष चिन्तामणि बाँस्तोलाले गरेका थिए । क्यान कास्कीले गत मंसिर ८ देखि ११ गतेसम्म पोखराको नयाँबजारमा आयोजना गरेको छैटौं क्यान इन्फोटेकमा तालिमका लागि संकलन गरेको करिब २ सय फाराममध्ये जेहेन्दार, गरिब, विपन्न वर्ग, दलितका आधारमा ४० जनालाई तालिमका लागि अन्तिम छनौट गरिएको क्यान कास्कीका महासचिव रुक्मागत भण्डारी ‘विश्वास’ ले बताए । तालिमको व्यवस्थापकमा क्यान कास्कीका द्वितीय उपाध्यक्ष राजेन्द्र शर्मा रहेका छन् । दैनिक ३ चरणमा सिकाइ हुने तालिममा कम्प्युटर हार्डवेयरको कोर्स अफ स्टडीको बारेमा प्रशिक्षकसमेत रहेका शर्माले व्याख्या गरेका थिए ।
क्यान कास्कीका अध्यक्ष गुणनीधि पाण्डेले विद्यार्थीहरुलाई सहि तरिकाले तालिमको सदुपयोग गर्न सुझाव दिंदै आगामी दिनमा पनि संस्थाले यस्तै प्रकारका तालिम संचालन गर्दै जाने बताए । सो अवसरमा संस्थाले प्रकाशन गरेको नयाँवर्ष २०७२ सालको क्यालेण्डर पनि विमोचन गरिएको थियो । संस्थाका प्रथम उपाध्यक्ष चिन्तामणि बाँस्तोला संयोजक रहेको सो क्यालेण्डरमा संस्थाका गतिविधि र आगामी योजना पनि उल्लेख गरिएको छ ।

Post a Comment