पोखराको रेडियो अन्नपूर्णले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा ‘पोखरा रत्न’ सम्मानबाट डा. कुमारशम्सेर राणालाई सम्मान गर्ने भएको छ । विगत पाँच दशकदेखि विरामीको सेवा गर्दै आउनुभएका डाक्टर राणाले स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै रेडियोले ‘पोखरा रत्न’ बाट सम्मान गर्न लागेको हो ।
रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्वमा गठित छनोट समितिले राणालाई ‘पोखरा रत्न’ सम्मान अर्पण गर्ने निर्णय गरेको हो । छनोट समितिमा प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्री, पर्यटनवीद झलक थापा, प्राज्ञ हरिदेवी कोइराला, थकाली सेवा समितिका अध्यक्ष अमर तुलाचन र रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ सदस्य रहेका थिए । बैशाख १२ गते शनिबार हुने रेडियोको बार्षिकोत्सव कार्यक्रममा डाक्टर राणालाई नगद २५ हजार ५ सय ५५्, दोसल्ला र ताम्रपत्रले सम्मान गरिने रेडियोको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । विक्रम सम्वत १९९५ सालमा पाल्पाको तानसेनमा जन्मिएका, डा.राणा ७६ वर्षको उमेरमा आज पर्यन्त पनि विरामीको सेवा गदैै आइरेका छन् । मीठो बोल्ने र नरम स्वभावका डाक्टर राणा पोखराको न्यरोडस्थित पद्य नर्सिङ होममा कार्यरत छन् । भारतको नैनीतालमा रहेको विरला विद्या मन्दिरबाट मेट्रिक पास गरेका राणाले सन १९६२ सालमा किंग जोर्जेज मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् । विक्रम सम्वत २०२० सालमा कलेरा अस्पताल (अहिलेको सरुवा रोग नियन्त्रण अस्पताल ) काठमाडौबाट सेवा प्रारम्भ गरेका राणाले भक्तपुर अस्पताल, पाटन अस्पताल, तेह्रथुम हेल्थ सेण्टर, स्वास्थ्य मन्त्रालय हुँदै २०२९ सालमा पोखरास्थित सोल्जरबोर्ड अस्पताल (अहिलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ) मा सेवा आरम्भ गरे । पोखरामा पोलिक्लिनिकको अवधारणा भित्र्याउने श्रेय पनि राणालाई जान्छ । ५२ सालमा पद्य नर्सिङहोम स्थापनासँगै १९ वर्षदेखि त्यहाँ आउने विरामीलाई उनले सेवा गर्दै आएका छन् । मानवीय सम्वेदनालाई बुझेर काम गर्ने राणाले आर्थिक अभाव भएका विरामीलाई निशुल्क उपचार समेत गर्छन् । स्वास्थ्यले साथ दिएसम्म विरामीको उपचारमा जुटिरहने दृढता डाक्टर राणाको छ । राणाका एक छोरा, एक छोरी छन् भने उनकी धर्मपत्नी रेवा राणाको दुईवर्ष अघि नै निधन भएको थियो ।

Post a Comment