नमस्ते सामुदायिक प्रतिष्ठान नेपालको आयोजनामा मालेपाटन खेल मैदानमा जारी मनकामना केवलकार सेभेन ए साइड च्याम्पियनसीप ट्रफि–२०१५ अन्तर्गत बिहीबार आठ खेल सम्पन्न भएका छन् । प्रतियोगितामा आयोजकका दुवै टोली ‘ए’ र ‘वि’ ले जित हाँसिल गरेका छन् । अन्य खेलहरुमा त्रिशक्ति युथ क्लव, क्याफे इटालिनो, पुन युनाइटेड, एकता एफसी, जुनियर विटी र डडुवा एफसीले जित हाता पारे । आयोजकको ‘ए’ टोलीले लेकसाइड परिवार्जलाई टाई ब्रेकरमा २–० गोलले पराजित ग¥यो । निर्धारित समयको खेल ३–३ गोलमा सकिएको थियो । त्यस्तै नमस्ते ‘बि’ ले मेन्स सुपर किंग्सलाई २–१ गोलले पराजित गरेको थियो । जुनियर विटी र डडुवा एफसीले पनि सडन डेथमै नतिजा निकाले । विटीले लेकसाइड पिस क्लवलाई तथा डडुवाले ब्रदर्श एफसीलाई पराजित गरेको हो । दुवै प्रतिस्पर्धामा निर्धारित समयको खेल १–१ गोलको बराबरिमा टुङ्गिएको थियो । बिहीबारका अन्य खेलहरुमा त्रिशक्तीले सयपत्रि ‘ए’लाई ३–१ ले, क्याफे इटालिनोले आरटी एफटिसीलाई २–० ले तथा पुन युनाइटेडले युवा संघ कास्कीलाई ३–० ले तथा एकताले निम्स इन्स्टिच्युटलाई ४–० गोलले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत शुक्रबार पनि पहिलो चरणकै खेलहरु हुने प्रतियोगिता संयोजक उत्सव गुरुङ्गले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment