पत्रकार दिननाथ बराललाई सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान–२०७२ प्रदान गरिएको छ । ५ हजार रुपैयाँ नगद र सम्मानपत्रले उनलाई सम्मान गरिएको हो । गण्डकी धौलागिरि अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराको बिहीबार सम्पन्न पाँचौ अधिवेशनबाट निर्वाचित कार्यसमितिको बिहीबार भएको पदस्थापन समारोहमा उनलाई सम्मान गरिएको हो । कार्यक्रमका पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवाली, संस्थाका अध्यक्ष बसन्त प्रधानले सम्मान पत्रको साथमा दोसला, खादा र फूलमालाले सम्मान गरेका हुन । उक्त अवसरमा संस्थाका पूर्वअध्यक्ष बाबुराम गिरी, क्षेत्रीय प्रशासन कार्यालयका सहायक प्रशासकीय अधिकृत रामजीप्रसाद कोइराला लगायत संस्थाको हित पु¥याउने विभिन्न व्यक्ति तथा संघसंस्थालाई समेत सम्मान गरिएको संस्थाका महासचिव गोकर्ण कार्कीले बताए । संस्थाको गत चैत २८ र २९ गते बन्दीपुरमा सम्पन्न आठौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले तेस्रो कार्यकाल लागि पुनः प्रधानको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । उक्त कार्यसमितिलाई निर्वाचन समितिका संयोजक दामोदर अधिकारीले पदस्थापना गराएका थिए । कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासक थपलियाले पर्यटकी क्षेत्र पोखरामा नमूना यातायात व्याबस्थापन गर्न व्यवसायीहरुलाई सुझाव दिए । उनले एक महिना भित्र सुधार आउने गरी काम गर्न समेत उनले निर्देशन दिए । विकासमा दलीय किक्ताकाट नहुने बताउदै ओठेभक्ति बोलीले मात्र देशको विकास नहुने बताउदै विकासमा सवै लाग्न आग्रह गरे ।कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पोखरामा मिटरमा ट्याक्सी खुडाउन व्यावसायीहरुलाइ आग्रह गर्दै सडक सवारी दुर्घटना कम गराउन आर्थिक रुपमा जरीवाना बढाउने तयारी गरेको जनाए । कार्यक्रममा राष्टिूय यातयात व्यावसायी महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, मजदुर नेता रुद्र गौतम, नारायण कुवंर, विष्णु खत्रि लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Home
»
Flash
»
पोखरा सेरोफेरो
»
बिज्ञान-प्रबिधि
»
संघ संस्था गतिबिधी
» पत्रकार बराललाई यातायात सम्मान
Subscribe to:
Post Comments (Atom)
Post a Comment