जिल्ला विकास समिति कास्कीले आगामी ५ बर्षका लागि आवधिक जिल्ला विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । जिल्ला विकास समितिको कार्यालयमा सम्पन्न कार्यक्रममा श्रोत नक्सा तयारी एवं जिल्लाको बस्तुस्थिति विवरण तयार र सो को आधारमा ५ बर्षे जिल्ला विकास योजना तयार गर्न प्रारम्भिक जानकारी, अभिमुखीकरण एवं पृष्ठपोषण लिने कार्यक्रम सम्पन्न गरेको छ । कास्की जिल्ला भित्र रहेका प्रमुख राजनीतिक दलका प्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, नागरिक समाजका अगुवाहरुको सहभागितामा परामर्शदाता सस्ंथा राष्ट्रिय सर्भिसेस प्रालि पोखराको तर्फबाट बिषय विशेषज्ञहरुले सहजीकरण गरेका थिए । कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गुणानिधि शर्माले आवधिक योजनामा समावेश गरिनु पर्ने खाका प्रस्तुत गर्दै नाफा जति निजि क्षेत्रलाई र घाटा परेमा राज्यलाई साथै राज्य सधंै सहयोगिको भूमिकामा मात्र रहनुपर्ने हालको अवस्थाले विकासका योजनाले गतिशिलता लिन नसकेको बताए । कार्यक्रममा योजनाविद प्रा.डा. लेखनाथ भट्टराईले हालसम्मका योजनाका विकासका बारेमा, समाजशास्त्री प्रा.डा. विश्व कल्याण पराजुलीले समाजशास्त्रीको दृष्ट्रिकोणबाट योजना, डा. शुक्रराज अधिकारीले बालमैन्त्रीको अवधारणा अनुसार विकास, भुगोलविद चित्र आचार्य लगायतले आ–आफ्नो योजना अवधारणाका बारेमा सहजीकरण गरेमा थिए । कार्यक्रममा सहभागीहरु जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्य प्रसाद पौडेल, पूर्व उप–सभापति श्रीनाथ बराल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश खनाल, एमाओवादी कास्कीका नेता राम्जी बराल, जिल्ला वन अधिकृत माधब बराल लगायतले विकासका बारेमा आ–आफ्नो भनाई राखेका थिए । कार्यशाला गोष्ठीबाट योजना तयारीका लागि विभिन्न २६ वटा विषयगत क्षेत्रलाई समेटेर ५ वटा समिति, १ वटा बस्तु स्थिती संकलन समिति गरी ६ वटा समिति र ती समितिलाई समन्वय गर्न जिल्ला विकास समिति कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको संयोजकत्वमा प्रमुख राजनीतिक दलका प्रमुख र विषयगत कार्यालयका प्रमुखहरु रहेको निर्देशक समिति तयार गरेको परामर्शदाता सस्ंथा राष्ट्रिय सर्भिसेस प्रालि पोखराका प्रवन्ध निर्देशक ज्ञान बहादुर कार्कीले जानकारी दिए । कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योजना अधिकृत कीर्तनराज पौडेलले स्वागत एवं सामाजिक शाखाका अधिकृत अर्जुन न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» जिविसको विकास योजना तर्जुमा कार्यशाला गोष्ठी
Subscribe to:
Post Comments (Atom)
Post a Comment