0
नेपाल रेडक्रस सोसाईटी राखी उपशाखाले नयाँ बर्षको अवसर पारेर राखेको शुभकामना आदन प्रदान कार्यक्रममा उप–शाखाको वार्षिक क्यालेण्डरको विमोचन गरिएको छ । उप–शाखाबाट प्रकाशन गरिएको क्यालेण्डरको एक कार्यक्रमका बीच विमोचन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की उपशाखाका सभापति वामदेव ढुंगानाले समाजिक क्षेत्रमा अग्रसर हुँदै आएको रेडक्रसको अभियानलाई ग्रामीण तहसम्ममा पु¥याउनुपर्नेमा जोड दिए । रेडक्रसले समाज परिर्वतनका लागि गर्दै आएको कामका बारेमा जनस्तरमा जानकारी नभएको हुँदा रेडक्रसले खेलेको सामाजिक उत्तर दायित्वलाई आत्मसाथ गर्दै दिन दुःखी र आपत विपतमा परेकाहरुका लागि काम गर्दै जानुपर्ने उनले बताए । राखि उपशाखाका सभापति मुरारी शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा अमर ज्योती गाउँफर्क मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलकपाणि तिवारी, भवानी कालिका उच्च मावि विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष डमरबहादुर थापा, लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, राखी उपशाखाका पूर्व सभापति नारायण बराल,नरभुपाल पौडेल र रुद्रमोहन भट्टराई लगायतले रेडक्रस अभियानका बारेमा चर्चा गरेका थिए । उपशाखाका सचिव शौलेन्द्र मोहन भट्टराईले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपशभापति चन्द्रबहादुर रानाभाटले गरेका थिए ।

Post a Comment

 
Top