चौध वर्षमुनिका महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको सो प्रतियोगितामा नेपाली महिला टोलीले माल्दिभ्सलाई १०–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यस जितसँगै नेपाल सेमिफाइनल नजिकसमेत पुगको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले इरानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । नेपालको जितमा रेखा पौडेल र निर्मला उपाध्यायले ह्याट्रिक पूरा गरे । यस्तै मनिषा राउतले दुई गोल गर्दा मञ्जली कुमारी र सञ्जना लावतीले समान एक(एक गोल गरे । जितपछि नेपालका प्रशिक्षक किशोरकुमार केसीले आफ्नो टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै भोलिको खेलमा पनि अझ राम्रो खेल प्रर्दशन गर्ने विश्वास व्यक्त गरे । माल्दिभ्सकी प्रशिक्षक कावामोतो नाओकोले प्रतियोगितामा आफ्नो टिमको पहिलो अनुभव भएकाले पनि हारले आफूलाई खासै असर नगरेको टिप्पणी गरे । नेपालले बुधबार श्रीलङ्काको सामना गर्नेछ । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment