पृथ्वीराजमार्ग बस सञ्चालक समितिले रात्रिबस सेवामा एसी तथा एसी नभएका डिलक्स बसहरु सञ्चालनमा ल्याउन लागेको छ । यात्रुहरुको माग र रोजाइलाई ध्यानमा राख्दै आगामी जेठ महिनाको पहिलो साताबाट उक्त सुविधायुक्त बसरहरु संचालनमा ल्याउन लागेको समितिले आइत बार पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साहीले समितिले आगामी बैशाखको ९ देखि पोखरा–काँकरभिट्टा, पोखरा–धरान, पोखरा–कटारी रात्री बस सेवामा थप स्तरीय डिलक्स बसहरु सञ्चालन हुने बताए । पहिलो चरणमा उक्त स्थानहरुमा डिलक्स सेवाको शुभारम्भ हुने र अन्य रुटहरुमा पनि यसको तयारी भइरहेको जानकारी दिए । उनले भने–‘लामो समयदेखि सुगम तथा दुर्गम बस्तीमा रहेका यात्रुहरुलाई सेवा दिंदै आइरहेको समितिले आधुनिक युगसंगै रात्रि बसमा यात्रा गर्ने यात्रुहरुलाई मध्येनजर गरेर लामो दुरीमा गुड्ने एसी तथा नन एसी बसहरु सञ्चालनमा ल्याउन लागेका हौं ।’ अध्यक्ष साइका अनुसार यातायात व्यवसायीले समयको माग र यात्रुको चाहनालाई ध्यानमा राख्दै आफ्नो सेवालाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै पोखरा–काठमाडौं तथा काठमाडौंबाट पूर्वतर्फ विराटनगर, धरान, गौर, वीरगंज, मलङ्गवा, कटारी, पोखरा–स्याङ्गजा हुँदै लुम्बिनी र पोखरा–नारायणगढ हुँदै भैरहवा–तौलिहवा समेत दिवा सेवा एसी तथा नन एसी डिलक्स बसहरुबाट सेवा आरम्भ गरिएको र विशेषगरी यात्रुहरुलाई मध्येनजर गरेर रात्रि बसमा समेत डिलक्स बस संचालनमा ल्याउनका लागि लामो दुरीमा डिलक्स बसहरु संचालनमा ल्याउन लागेको छ ।
राज्यले यातायातको क्षेत्रमा कुनै सुविधा नदिने र यातायात व्यवसायीलाई सिण्डिकेटको आरोप लगाएर आफूहरुलाई बेला–बेलामा अनावश्यक दुःख दिइरहेकोप्रति अध्यक्ष साइले दःुखेसो पोखे । उनले भने–‘यातायात क्षेत्रमा यातायात व्यसायीहरुले निजी स्तरबाट खरवौंको लगानी गरी सार्वजनिक यातायातको माध्यमबाट आम नागरिकलाई सेवा दिने काम गरिरहेको सार्वजनिक यातायात क्षेत्रको लगानी संरक्षण गर्ने खालको यातायात व्यवस्था ऐन निर्माण नहुनु नै सार्वजनिक यातायातको विकास हुन नसक्नुको प्रमुख कारण हो ।’ उनले सरकार आफ्नो दायित्यबाट पन्छिई सेन्डिकेटको भाषामा यातायात क्षेत्रलाई अस्तव्यस्त बनाउन उद्धत रहेको आरोप समेत लगाए । समितिका महासचिव योगेन्द्र केसीले विभिन्न बाधा र व्यवधानका बीच विश्वसम्पदा सूचीमा सूचीकृत प्रसिद्ध तीर्थस्थल मुस्ताङको मुक्तिनाथसम्म तीर्थयात्री लाई पोखरादेखि जोमसोमसम्मको बस सेवालाई स्तरीय बनाउन लागिपरेको बताए । गत चैत्र १ गतेबाट पोखरादेखि मुस्ताङ्गको जोमसोमसम्म सिधा यातायात सेवा संचालन भइरहेको भएतापनि यसलाई अझ व्यवस्थित बनाउनका लागि समितिको टिकट बुकिङ्ग काउण्टर लेकसाईडबाट आवश्यक बुकिङ्गको व्यवस्था गरिएको बताउँदै उनले सोही काउण्टरबाट मात्र टिकट बुकिङ्ग गरी निर्धारित भाडादर मा नै सुलभ तथा सुनिश्चित यात्रा गर्न यात्रुहरुलाई आग्रह गरे । सरकारी भाडादर ९ सय ९५ रुपैयाँ भएपनि एजेन्सीहरुले तीन हजार रुपैयाँसम्म अशुल्ने गरेको भन्दै पृथ्वी राजमार्गका बसमा नचढाउने जानकारी आएको उनले बताए । यसैगरी आगामी जेठ महिनाको पहिलो हप्ताबाट पोखरा—काठमाडौं २१ सिट र सुपर एसी डिलक्स अति सुविधा सम्पन्न स्तरीय बसद्वारा सेवा आरम्भ गर्न गईरहेको समेत केसीले बताए । २०२९ सालमा स्थापना भएको पृथ्वीराजमार्ग बस संचालक समितिले केही वर्ष अघिसम्म यातायात क्षेत्रमा एकाधिकार जमाउन सफल भएको थियो । समय बित्दै जाँदा यातायात क्षेत्रमा लगानी बढ्दै गयो र यातायात व्यवसायीका संस्था पनि धेरै हुन थाले । बिगतमा पृथ्वीराजमार्ग समिति र धवलागिरि, पश्चिम नेपाल, अग्नि, साझा र पूर्वी नेपालतिरका विभिन्न बस व्यवसायीसंग पटक–पटक द्वन्द हुने गरेको भएपनि केह िवर्ष यता त्यस्तो स्थितिमा कमि आएको छ । पछिल्लो पटक पर्यटन नम्बर प्लेटका बस र म्याग्दी मुस्ताङ्ग क्षेत्रका व्यवसायीसंग भने द्वन्द नचलेको होइन । तैपनि विगतमा जस्तो चुल्ठे मुन्द्रे पाल्ने र तिनीहरुको नाममा लाखौं खर्च गर्नेक्रम भने करिब अन्त्य भएको छ । समितिका सचिव योगेन्द्र केसीले सुनौलो एफएमको सुनौलो सम्वादका लागि गंगाधर पराजुलीसंग कुरा गर्दै समय सापेक्ष रुपमा आफूहरु परिवर्तन हुँदै आएको र चुल्ठे मुन्द्रे पाल्ने प्रवृत्तिलाई निरुत्साहित गरिएको बताए । एक हजार दुई सय जना बस व्यवसायी सदस्य रहेको समिति अन्तर्गत करिब ३ सय जना कर्मचारी कार्यालय र काउण्टरमा कार्यरत छन् । उनीहरुले लामो र छोटो दूरीमा चल्ने बसबाट मासिक ८ हजार रुपैयाँसम्म ट्रिप शुल्क लिने गरेको र त्यसबाट मासिक करिब एक करोड रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । विगतमा समिति निकै धनी संस्थाको रुपमा स्थापित भएपनि बीचको अवधिमा समितिकै जिम्मेवार व्यक्तिहरु र केही व्यवसायीले अनियमित ढङ्गले खर्च गर्ने र समितिलाई मागी खाने भाँडो बनाएपछि चरम आर्थिक संकटबाट समेत गुज्रिनु परेको थियो । अहिले भने आर्थिक रुपमा पनि समिति सम्पन्न बन्दै गएको र अघिल्लो दशैंमा प्रत्येक बसबापत एक हजार दुई सय व्यवसायीलाई २५ हजार रुपैयाँका दरले दशैं खर्च वितरण गरिएको जानकारी दिए ।

Post a Comment