नयाँ शैक्षिक सत्रको सुरुवात संगै मूल्य बृद्धि गरेका निजी विद्यालयको विरुद्धमा कास्कीका विद्यार्थी संगठनहरुले शैक्षिक हड्तालको घोषणा गरेका छन् । कास्कीका क्रियाशिल ७ विद्यार्थी संगठनको संयुक्त आन्दोलन समितिले आईतवार पत्रकार सम्मेलन गरी सोमवारदेखि कास्कीका निजी बिद्यालयमा अनिश्चितकालिन हड्तालको घोषणा गरेका हुन् । निजी विद्यालयले गरेको शुल्क बृद्धि खारेजीको माग सहित सोमवारदेखि कास्कीका सबै निजि बिद्यालयमा कुनै पनि शैक्षिक गतिविधि हुन नदिने गरी हड्तालको घोषणा गरिएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । विद्यालयमा चलिरहेको भर्ना अभियान लगायतका कुनैपनि क्रियाकलाप भएमा जस्तोसुकै परिस्थिति पनि आउन सक्ने विद्यार्थी संगठनका नेताहरुले चेतावनी दिएका छन् । जिल्ला शिक्षा समिति कास्कीको २०६८ फागुन ११ गते बसेको बैंठकले शुल्क निर्धारण गरेपछि कास्कीमा नयाँ शुल्क निर्धारण गरिएको छैन । अर्को निर्णय नभएसम्मको लागि त्यहि निर्णयको आधारमा निर्र्धािरत मूल्य अनुसारकै शुल्क लिनुपर्ने र बढी लिन नपाईने विद्यार्थी संगठनको अडान छ । तत्कालिन जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुषाल संयोजकत्वको जिल्ला शिक्षा समितिको बैंठकले प्राबि तहको लागि एक हजार ८०, निमावीको लागि ११ सय ५० र माविको लागि १५ सय ५० मासिक शुल्क तोकेको थियो । यो कास्कीमा संचालित ‘ग’ वर्गका संस्थागत विद्यालयको मासिक शुल्क हो । कास्कीमा विद्यालयको बगिर्गरण भैनसकेको र जिल्ला शिक्षा समितिले पनि नयाँ शुल्क नतोकेकाले सो मूल्य भन्दा बढी शुल्क कुनैपनि विद्यालयले लिन नपाउने उनिहरुले बताएका छन् । विद्यार्थी संगठनले भर्ना शुल्कको नाममा अभिभावकलाई ठग्ने, मनपरी मासिक शुल्क अशुल्ने विद्यालय कार्वाहीको माग अघि सारेको छ । निजी विद्यालयमा मात्रै आह्वान गरिएको शैक्षिक हड्तालको क्रममा कुनैपनि शैक्षिक गतिविधि भएमा त्यसबाट हुने क्षति प्रति सम्बन्धित विद्यालयनै जिम्मेवार हुने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।साथै उनिहरुले कास्कीमा २२ ओटा भन्दा बढी अनुमति भन्दा बढी कक्षा सञ्चालन गर्ने बिद्यालय रहेकाले त्यस्ता बिद्यालयमाथि कारबाहीको माग समेत गरेका छन् । कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्यका अनुसार यो शैक्षिक सत्रमा कक्षा ९ बाट १० सञ्चालनको लागि दुई ओटा बिद्यालयले मात्रै अनुमति पाएका छन् । लेखनाथको ज्ञान कुञ्ज स्कुल र सराङकोटको बालप्रतिभा स्कुलले १० कक्षा सञ्चालनको अनुमति पाएका हुन् । त्यस्तै मन्टेश्वरीको नाममा बिद्यालय सञ्चालन भैरहेकाले तत्काल रोक्नुपर्ने विद्यार्थी नेता भानु ढकालले बताए । कास्कीमा सञ्चालित झण्डै साढे दुई सय मन्टेश्वरीमध्य ७५ प्रतिशत नियम विपरित रहेको बिद्यार्थी संगठनको ठहर छ । अवैध विद्यालयमाथि कार्बाही नभएको भन्दै विद्यार्थी नेताहरुले विद्यालय सञ्चालक र शिक्षा कार्यालयका सम्बन्धित व्यक्ति बीच मिलेमतोको आशंका समेत गरेका छन् ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्षा
» विद्यार्थी संगठनद्वारा शैक्षिक हड्ताल आह्वान
Subscribe to:
Post Comments (Atom)
Post a Comment