0
लायन्स क्लव अफ पोखरा फिस्टेल सिटीको लायन वर्ष २०१५÷०१६ का लागि मनोहर बहादुर केसीलाई अध्यक्षमा चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा रामभक्त रञ्जित, द्वितीय उपाध्यक्षमा रविकुमार सापकोटा, तृतीय उपाध्यक्षमा खेम क्षेत्री, सचिवमा श्यामबहादुर श्रेष्ठ, सह–सचिवमा ओमप्रसाद गौचन, कोषाध्यक्षमा श्रीबहादुर रानाभाट र सह–कोषाध्यक्षमा हरिप्रसाद पाण्डे रहेक छन् । यसैगरी समितिको  पिआरओमा ऋषि लामिछाने, टेल ट्वीस्टरमा रेशमबाबु श्रेष्ठ, टेमरमा कृष्णकुमार मल्मी, निर्देशकहरुमा डा. नारायण सिंह गुरुङ, सञ्जीव ढकाल, तीर्थराज अधिकारी, सोमत शेरचन रहेका छन् । यस्तै मेम्वरशिप चियर पर्सनमा अरुणराज पौडेलका साथै सल्लाहकार हरुमा प्रेमबहादुर निसी, निर्मलराज बराल, कविराज आचार्य, रिजन शेरचन र चन्द्रकान्त बराल रहेका छन् । निर्वाचन सम्पन्न गर्नका लागि क्लवका निवर्तमान अध्यक्ष चन्द्रकान्त बराललाई अधिकृत तोकिएको थियो । क्लवका अध्यक्ष रविकुमार सापकोटाको अध्यक्षतामा भएको मनोहरबहादुर केसीले स्वागत र रामभक्त जोजिजूले धन्यवाद ज्ञापन गरेका थिए । 
यसैगरी लायन्स क्लव अफ पोखरा तालवाराहीको आयोजनामा आज तनहुँको भिमादमा आयोजना गरिएको निःशुल्क कान तथा आँखा शिविर १ सय ९० जना लाभान्वित भएका छन् । तनहुँ उद्योग वाणिज्य संघ भिमाद एकाई समितिको सह आयोजनामा भएको कार्यक्रममा १५० जना आँखाका र ४० जना कानका विरामी लाभान्वित भएका विजय प्रधानले जानकारी दिए । शिविरमा आएका आँखाका विरामी मध्ये ४ जनामा मोतियाबिन्दु देखिएकाले हिमालय आँखा अस्पताल पोखरामा ल्याईएको उनले बताए । ती मोतियाबिन्दुका विरामीको निःशुल्क अप्रेशन गरिने पनि उनले जानकारी दिए । सो अवसरमा निःशुल्क औषधि र आवश्यक पर्नेलाई चश्मा पनि वितरण गरिएको प्रधानले बताए ।  यसअघि उद्योग वाणिज्य संघ तनहुँका सदस्य हस्तबहादुर खड्काले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा हिमालय आँखा अस्पताल पोखरा र नमस्ते सामुदायिक प्रतिष्ठान पोखराको प्राविधिक सहयोग रहेको थियो । उद्योग वाणिज्य संघ भिमाद एकाईका अध्यक्ष बलु थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । यसैगरी लायन्स क्लब अफ पोखरा सेन्ट्रलमा लायन वर्ष २०१५÷०१६ को लागि अध्यक्षमा दीपेन्द्र ज्योती ढुङ्गाना निर्वाचित भएका छन् । बिजी हस्पिटलको प्राङ्गणमा भएको क्लबको निर्वाचन कार्यक्रममा अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मतीले निर्वाचित भएका हुन् । जसमध्ये, प्रथम उपाध्यक्षमा केदान नाथ भट्टराई, द्वितीय उपाध्यक्षमा  राजु गुरुङ, तृतीय उपाध्यक्षमा कृष्णराम रानाभाट, सचिबमा विशाल सुवेदी, कोषाध्यक्षमा रमेशमान श्रेष्ठ, सह–सचिवमा कृष्ण प्रसाद कोइराला तथा टेल ट्विष्टरमा शम्शेर प्रसाद कोईराला रहेका छन् । प्रमुख अतिथिको रुपमा आएका आगामी २०१५÷१६ का डिस्ट्रिक गभर्नर ध्रुव बहादुर थापाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । डा.निर्मल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विशाल सुवेदीले गरेका थिए ।

Post a Comment

 
Top