0
नववर्षको अवसर पारेर पोखराकै पहिलो नेपाली फिल्मी डटकमको औपचारिक उद्घाटन गरिएको छ । पोखराका विभिन्न मिडियाहरु मा रहेर काम गर्ने युवा सञ्चारकर्मीहरुले नेपाली फिल्मी ड्टकम नामक वेवसाईट संचालनमा ल्याएका हुन् । वेवसाईटले नेपाली चलचित्र र मनोरञ्जन का सामाग्रीहरु समेट्ने बताईएको छ । मोफसलमा नेपाली चलचित्रका गतिविधिहरु कम संख्यामा हुने गर्दछन् । पोखरामा धेरैजसो गुरुङ, मगर, तामाङ भाषाका चलचित्र हरु निर्माण हुँदै आएका छन् ।  पोखराबाट निर्माण हुने यस्ता चलचित्रहरु प्रचार–पसारको अभावमा फष्टाउन नसकेको भन्दै वेवसाईटको माध्यमबाट चलचित्रको प्रर्वद्धनका लागि सहयोग पुग्ने वेवसाईट सञ्चालकहरुको विश्वास छ ।  वेवसाईटले चलचित्रका हरेक गतिविधिहरुलाइ पनि  प्राथमिकता दिईने वेवसाईटका प्रमुख सम्पादक तथा प्रकाशक सुशन घिमिरे जानकारी दिए । वेवसाईट सञ्चालकहरुमा रेडियो अन्नपूर्णमा आवद्ध सुरेश सुनार, थ्रि एन्जल्स रेडियो तथा जक्सन डटकमका फोटोग्राफर राकेश गुरुंग, थ्रि एन्जल्स रेडियोकै प्रिन्स थापा, रेडियो बाराहीका महेन्द्र पौडेल, गोल्डेन आई टेलिभिजनका कुन्दन गुरुंग लगायत रहेका छन् । साथमा पोखरा लगायत आन्य देश विदेश सञ्चारकर्मीहरुले समेत सघाउने भएका छन् ।

Post a Comment

 
Top