हेमजा युनाईटेडले नबबर्ष २०७२ को अबसरमा आयोजना गरेको दोस्रो शुभकामना कपमा बुधबार तीन खेल सम्पन्न भएका छन । बुधबार बिहान एपेक्स क्लब ख र रत्नसमाज युवा क्लबबीच भएको पहिलो खेलमा एपेक्स क्लब ६–३ गोलअन्तरले बिजयी भएको छ । एपेक्सको जितमा जर्सी नं. २२ का सुनिल सुबेदीको ठूलो भूमिका रह्यो । उनले सो खेलमा ह्याट्रिक गर्दै म्यान अफ दी म्याच बन्न समेत सफल भएका थिए । बिहान ११ बजे भएको दोश्रो खेलमा ईन्द्रेणी युवा क्लबले गार्डेन फुटबल समाजलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । सो खेलमा ईन्द्रेणी युवाक्लब जर्सी नं. का खेलाडी विश्व गुरुङ म्यान अफ द म्याच हुन सफल भए । खेलमा उनको २ गोलको योगदान रह्यो । यस्तै दिउसो १ बजे भएको तेश्रो खेलमा भदौरे युवा क्लबले एपेक्स क्लब ए लाई पराजित गरेकोे छ । भदौरे युवा क्लबले ४ ३ ले एपेक्स ए लाई हराएको हो । निर्धारीत समयमा दुबै टिमबाट दुई दुई गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलीएको थियो । उक्त खेलमा भदौरेका जर्सी नं. १७ का खेलाडी कुमार के.सी. म्यान अफ द म्याच बने । प्रतियोगिताको बिहीबार बिहान ११ बजे बिष्णुपादुका क्लब ए र सहारा क्लबबीच पहिलो खेल हुनेछ ।
Home
»
Flash
»
खेलकुद
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
» शुभकामना कपमा एपेक्स,इन्द्रेणी र भदौरे विजय
Subscribe to:
Post Comments (Atom)
Post a Comment