पोखरा जेसीजले विभिन्न सामाजिक तथा शिक्षामूलक कार्यक्रमहरु गरेर ‘जेसिज वीकईण्ड २०१५’ मनाउने भएको छ । पोखरा जेसिजले बुधबार पत्रकार सम्मेलन गर्दै बैशाख ११ गतेदेखि १३ गतेसम्म हुने कार्यक्रमहरु सार्वजनिक गरेको छ । हरेक वर्ष पोखरा जेसिजले ‘जेसिज वीकईण्ड’ मनाउँदै आएको छ । यसपटक पोखरा जेसिजले पहिलो दिन बैशाख ११ गते धितालमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गर्न लागेको जेसिज वीकइण्डका मुल संयोजक किरण केसीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । धितालस्थित रेडक्रसको भवनमा हुने स्वास्थ्य परीक्षणका लागि जेसिजले जिल्ला जनस्वास्थ्य कार्यालय र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको छ । धितालमा हुने स्वास्थ्य परीक्षण कार्यक्रमले स्थानीय वासीसँगै भेडाबारी, ल्वाङघलेल, रिभान र लाहाचोकका बासिन्दाहरु लाभान्वित हुने उसले जनाएको छ । त्यस्तै वीकइण्डको दोस्रो दिन प्रविधि र उद्यमशिलता विषयको कार्यशाला गोष्ठी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । विभिन्न क्षेत्रका उद्यमी व्यवसायी सँगै युवाहरुको सहभागिता रहने कार्यशालाको लागि जेसिजले माईक्रोसफ्ट ईनोभेसन सेन्टर नेपाल, पोखरा उद्योग वाणिज्य संघ र कम्प्यूटर एशोसिएशन अफ नेपालसँग सहकार्य गरेको छ । कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको हलमा हुने उसले जनाएको छ । वीकइण्डको अन्तिम दिन १३ गते संस्थाले शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग विषयक कार्यशाला गोष्ठी तथा अन्तत्र्रिmया गर्ने जनाएको छ । एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई समावेश गरि उनीहरुलाई प्राविधिक शिक्षाको बारेमा जानकारी दिन अन्तरक्रिया राखिएको जेसी देवराज शर्माले बताए । साथै सोहि दिन जेसिज वीकइण्ड पनि सकिनेछ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि काम गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्यक्रमहरु गर्न लागेको पोखरा जेसीजका अध्यक्ष छविलाल सुवेदीले जानकारी दिए । वीकईण्डका सम्पूर्ण कार्यक्रमहरु समापन गर्नका लागि पोखरा जेसिजले करिब साढे २ लाख रुपैयाँ वजेट लाग्ने अनुमान गरेको छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्षा
»
संघ संस्था गतिबिधी
» जेसीज वीकईण्डको तयारीमा पोखरा जेसीज
Subscribe to:
Post Comments (Atom)
Post a Comment