पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–२६, चिसाखोला आश्रम कास्कीले आफ्नो १७ औँ शुभ जन्मोत्सवको मंगलबार विविध कार्यक्रम गरि मनाएको छ । कश्यप र श्रृङ्गी ऋषिको तपोभूमिमा वि.सं. १९९९ भन्दा अघि मणिनामले परिचित आश्रम वि.सं. २०५५ सालको अक्षयतृतीया देखि विधिवत् रुपमा धार्मिक सामाजिक शैक्षिक संगठित रुपमा संगठित भएपछि त्यहि दिनको अवसर पारेर विद्याश्रमले जन्मोत्सव मनाएको हो । विद्याश्रमका गुरुहरु तथा विद्यार्थीहरुको सम्लग्नतामा अष्टचिरञ्जीविको पूजाअर्चना, रुद्राभिषेक, हवनादि कार्य गरी शुभजन्मोत्सव मनाईएको हो । सोहि अवसरमा विभिन्न दाताहरुले अक्षयकोषको स्थापना गरेका छन् । पोखरा–९, बाँस्तोलाथर निवासी रामकृष्ण बाँस्तोला÷ सुधा बाँस्तोलाले १ लाख १ हजार, पोखरा–७, रत्नचोक निवासी पार्वती थापा एवं परिवारले स्थापित हजुरबुवा ससुरा शेरबहादुर थापाको पुण्य स्मृतिमा रु. ५० हजार १ सय पाँच, पोखरा–५, निवासी डा. झलक कार्कीले टिकाराम कार्की अवजनी कार्की पुण्य स्मृतिमा १ लाख ६ हजार ५ सय ५५, पोखरा–१०, रामबजार निवासी दिपक÷रीता बरालले सोमनाथ बराल पुण्य स्मृतिमा २ लाख २ हजार २ सय २२, पोखरा–८, राष्ट्रबैंक मार्ग निवासी धर्मराज सिग्देल तथा श्रीमती शारदा सिग्देलले ले आफ्ना पिता तोत्रप्रसाद माता चन्द्रावती, दाजु इमलाल सिग्देलको चिरकालसम्म स्मृतिका लागि पछि वृद्धि हुने गरी हाललाई वार्षिक १० हजारको शैक्षिक पुरस्कार दान दिए । सो अवसरमा बोल्दै विद्याश्रमका संस्थापक अध्यक्ष तथा मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वि.संं १९९९ भन्दा अघिबाट नै सुरुवात भएपनि वि.सं. २०५५ सालको अक्षयतृतीयको पुण्य दिनमा विद्याश्रमले औपचारिक सुरुवात गरेकाले आजको दिनलाई जन्मोत्सवका रुपमा मनाइएको बताए । विद्याश्रम हाल आफ्नो शैक्षिक, सामाजिक, सांस्कृतिक तथा भौतिक विकासमा जुटिरहेको भन्दै आगामि दिनमा पनि यस्ता कार्यमा जुट्न सबैलाई आग्रह गरे । उनले विद्याश्रमका प्रमुख संरक्षक अग्निहोत्रृ पं. केदारनाथ उपाध्यायले वृद्धअवस्थामा पनि क्रियाशिलता देखाएकाले आफूहरु पनि त्यहि गतिमा अघि बढ्ने प्रतिबद्धता जनाए । विद्याश्रम कार्यसमिति अध्यक्ष भगवती अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा विद्याश्रमका व्यवस्थापन समितिका अध्यक्ष मणिरत्न अधिकारी, प्रधानाध्यापक श्रीराम तिमिल्सिना, शिक्षक वीरेन्द्र सापकोटा, विद्यार्थी मिलन पौडेल, शिक्षक यमप्रसाद तिमिल्सिना लगायतका वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए । मुक्तिनाथ पिठाधिश्वर स्वामि कमलनयनाचार्यको संकल्प अनुसार वैशाख १ गतेदेखि श्रीम्दभागवत पाठ पारायणको पूर्णाहुति तथा समापन समेत गरिएको थियो ।
Home
»
Flash
»
पछील्ला समाचार
»
मनोरञ्जन
»
शिक्षा
»
संघ संस्था गतिबिधी
» पोखरा चिसाखोला वेदआश्रमको वार्षिकोत्सव
Subscribe to:
Post Comments (Atom)
Post a Comment