पोखरा उपमहानगरपालिका वडा नं. ५ पस्र्याङस्थित धारापानीमा दिननाथ भण्डारी तथा उनकी धर्मपत्नी दुर्गा भण्डारीद्वारा निर्मित चौतारो उद्घाटन गरिएको छ । दिननाथका पिता तथा दुर्गाका ससुरा मुक्तिराम भण्डारीको स्मृतिमा उक्त चौतारो निर्माण गरिएको हो । लायन्स क्लव अफ पोखरा गण्डकीको सहयोगमा धारापानी मार्गमा रहेको किरियापुत्री भवनसंगै उक्त चौतारो निर्माण गरिएको हो । चौतारोको रेलिङ भने उमा बस्यालले गरेको बताइन्छ उक्त चौतारोको मंगलबार एक कार्यक्रमकाबीच आमा समूह समन्वय समिति पोखरा–५ की अध्यक्ष कालिका थापाले गरेकी थिइन । त्यस अवसरमा बोल्दै उनलेसबै व्यक्तिको रचनात्मक सामाजिक हातहरु अघि बढ्ने हो भने समाज संवृद्ध हुने बताइन । कार्यक्रममा टोल सुधार समन्वय समितिका अध्यक्ष उज्जवल खत्री, टोल सुधार समिति धारापानीका अध्यक्ष धनन्जय पौडेल, धारापानी पंधेरो पौवा संरक्षण समितिका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ की केन्द्रीय सदस्य सुष्मा पौडेल, लायन्स क्लव अफ पोखरा गण्डकीकी अध्यक्ष मञ्जु पन्त, धरापानी पधेंरो निर्माण समितिका सदस्य वसन्तराज अधिकारी, चौतारो निर्माण कर्ता दिननाथ भण्डारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । धारापानी आमा समूहकी अध्यक्ष उर्मिला पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन धारापानी टोल सुधार समितिका सदस्य हरिषभन्द्र अधिकारीले गरेका थिए । कार्यक्रममा चौतारो निर्माण कर्ता भण्डारी दम्पत्तिलाई स्थानीयहरुले सम्मान गरेका थिए ।
कार्यक्रममा स्थानीय सृजना श्रेष्ठले ट्रस्ट निर्माण, बाटुली पौडेलले धारापानी पंधेरो स्तरन्नोति र धारापानी आमा समूहले भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार अक्षय तृतीया समेत परेकाले सातु, सर्वत पानी र फलफूल समेत वितरण गरिएको थियो । त्यस अवसरमा धारापानी भजन समूहले भजन तथा नृत्य प्रस्तुत गरेका थिए ।

Post a Comment