0
पोखरामा केहि समयदेखि परिक्षण प्रसारणमा रहेको फेवा टेलिभिजनले मंगबारदेखि नियमित प्रशारण शुरु गरेको छ । दैनिक १७ घण्टा प्रसारण हुने गरि अहिले प्रशारणमा आएको फेवा टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले निकट भविस्यमा नै २४ सै घण्टा प्रशारण गर्ने गरिने लक्ष्य रहेको पौडेलले जानकारी दिए । टेलिभिजनले आर्थिक, सामाजिक, न्यायिक, राजनीतिक, साहित्यीक, संस्कृतिक, बाल सचेतना तथा मनोरञ्जनात्मक, समाचारमुलक कार्यक्रम प्रस्तुत गर्ने उनले बताए । टेलिभिनजले हाल दैनिक ४ पटक र निकट भविष्यमा प्रत्येक दुई दुई घण्टामा समाचार प्रशारण गर्ने लक्ष्य रहेको जानकारी दिए । पोखरा र आसपासका जिल्लामा केबुल मार्फत टेलिभिजन प्रसारण हुने बताउँदै पौडेलले भविष्यमा स्याटलाईटबाट प्रशारण गर्ने बताए । उनले टेलिभिजनमा आधुनिक क्यामेरा तथा उपकरण र स्टुडियोमा युरोपमा निर्मित प्रविधि जडान गरेको बताए । करिब १ करोड ५० लाख खर्च लागेको उनले जानकारी दिए ।

Post a Comment

 
Top