0
नेपाल महिला संघ कास्कीको सोमबार सम्पन्न भेलाले यसअघिको कार्यसमितिलाई सम्मान गर्नुका साथै संघको गतिविधि प्रभावकारी बनाउन अर्थसंकलन अभियान अघि बढाउने निर्णय गरेको छ । संघकी जिल्ला सचिव सीता गुरुङले गोल्डेन ्न्यूज दैनिकलाई दिएको जानकारी अनुसार भेलामा यसअघिको कार्यसमितिको तर्फबाट माइन्युट बुक तथा बैंक खाता सहितका कागजात नयाँ समितिलाई हस्तान्तरण गरिएको थियो । संघकी अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा भएको भेलामा निवर्तमान अध्यक्ष तारा अधिकारी, निवर्तमान कोषाध्यक्ष शारदा सुवेदी र निवर्तमान सदस्य विष्णु कार्कीका साथै संघका क्षेत्रीय सभापतिहरु लक्ष्मी पाण्डे, शारदा गिरी र खेमकुमारी गुरुङ तथा पोखरा उप–महानगर समितिका सभापति माया बराल लगायतले संघको गतिविधि प्रभावकारी बनाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा संघकी उपाध्यक्षद्वय गौरी सापकोटा र अनिता तिमिल्सिना, कोषाध्यक्ष दिलमाया गुरुङ, सचिवद्वय सीता गुरुङ र कमला बरालले पनि आ–आफ्नो भनाइ राखेका थिए । रानाभाट नेतृत्वको वर्तमान कार्यसमिति गत पुस ९ गते सम्पन्न जिल्ला अधिवेशनद्वारा निर्वाचित भएको थियो

Post a Comment

 
Top